१२ असार २०८१ बुधबार
image/svg+xml
कला

हजार करोड कमाउने फिल्ममा पर्ला 'एनिमल' ?

रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले रिलिजको १७ औं दिनमा पनि राम्रो कमाइ गरेको छ।

फिल्मले प्रदर्शनको तेस्रो आइतबार १५ करोड रुपैयाँ कमाएको छ। बक्स अफिसमा फिल्मले कुल५१४ करोड रुपैयाँ कमाएको छ। योसँगै एनिमल ५०० करोड कमाउने फिल्ममा परेको छ।

फिल्म एनिमलले विश्वव्यापी भने ८३५.९ करोड रुपैयाँ कमाएको छ। फिल्मले ५०० करोड कमाए पनि हजार करोड कमाउन नसक्ने विश्लेषकहरूले बताएका छन्।

यो साता दुई ठूला फिल्म सलार र डंकी प्रदर्शनमा आउने भएका कारण फिल्म एनिमलले  हजार करोड कमाउने फिल्ममा आफ्नो नाम लेखाउन नसक्ने विश्लेषकहरूले दाबी गरेका छन्।

रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपुर मुख्य भूमिकामा देखाइएको बलिउड चलचित्र एनिमलमा बबी देओल पहिलो पटक भिलेनको भूमिका उत्रिएका छन्। यस बाहेक शक्ति कपुर, तृप्ति डमिरी, सुरेश ओबराय, प्रेम चोपडा, उपेन्द्र लिमय चलचित्रका पात्रको रूपमा रहेका छन्।

अनिल रणवीरको बुवाको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएकी छन्। धनाढ्य बुवा अनिल कपुरको माया प्राप्तिका लागि रणवीर कपुर पूरा फिल्मभर तड्पिरहेका हुन्छन्। बुवा अनिल कपुरमाथि ज्यान लिने हमलापछि त रणवीर पूर्ण रूपमा पागल नै हुन्छन्। बुवाको हत्या प्रयास गर्नेलाई समाप्त गर्ने कसम नै खान्छन्। यो काम उनी गर्न सक्छन् कि सक्दैनन्। चलचित्रको मुख्य कथा यही नै रहेको छ।  

प्रकाशित: ३ पुस २०८० १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App