३ असार २०८१ सोमबार
image/svg+xml
कला

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।आज काठमाडौंमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो ।

सम्मान स्वरूप उहाँहरूलाई कदर पत्रसहित नगद जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो ।स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मय सेवी गणेश रसिकलाई प्रदान गरेको छ।विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ।स्मृति सभामा विभिन्न कलाकारहरूले नारायण गोपालका कालजयी गीतहरू प्रस्तुत गरेका थिए।

प्रकाशित: १९ मंसिर २०८० १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App