२ वैशाख २०८२ मंगलबार
image/svg+xml १८:४८ अपराह्न
कला

देश नबिर्सनू है बाबू!

लघुकथा

हिजो मात्र उसले आप्रवासी नेपालीहरूलाई सक्दो सराप गर्दै तल्लो स्तरमा गिराएर भाषण गरेको मिडियाहरूमा छयाप्छयाप्ती थिए। उसको अभिव्यक्तिलाई समर्थन गर्नेको ओइरो उस्तै थियो।

आज बिहान म पनि आँखाको चिप्रा नपुछी फेसबुक हेर्न पुगेछु। सधैं त्यस्तो बानी होइन मेरो। हेर्दै जाँदा म तिन छक्क परें।

सोचें,  ‘मान्छेहरू किन कुरै नबुझी आवेशमा आएर बकबक गर्छन्? किन कसैको निजी जिन्दगीमाथि आफ्नो विचार लादेर हेपाहा शब्दहरू प्रहार गर्छन्। भोलिको दिन को के हुन्छ,को कहाँ हुन्छ कसलाई के थाहा?’

यही सोचमा डुब्दै थिएँ, फेरि झस्किएर उक्त स्टाटस पढ्न पुगें। नेताज्यूको उक्त स्टाटसमा तस्वीरमा शुभकामनासहित आफ्नो छोराले डिभीमार्फत अमेरिका जाने अवसर पाएकोमा बिदाईको साथ बधाई दिंदै लेखेको थियो, ‘विदेश यात्राको शुभकामना। भविष्य उज्ज्वल होस्, देशलाई नबिर्सनू है बाबू!’

प्रकाशित: १८ मंसिर २०८० ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App