२२ असार २०८१ शनिबार
image/svg+xml
कला

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत फिल्म ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ।

उक्त फिल्मलाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले शोहरु उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन्। फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सय बढी शोज प्राप्त गरेको छ।

६ बर्षपछि निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्दै छन्। तिहारको अवसर पारेर एकल प्रदर्शनमा आउन लागेको फिल्मबारे चलचित्र क्षेत्रमा चासो छ।

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ। आइतबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म  ‘टाइगर ३’ ले फिल्म ‘दिमाग खराब’ माथि प्रभाव पर्ने देखिन्छ।

किनभने बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म  ‘टाइगर ३’ ले पनि उतिकै चर्चा बटुलिरहेको छ।

‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का लगायतको अभिनय छ।

फिल्ममा रौनक विक्रम कँडेल निर्मातामा छन्, भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन्।  

प्रकाशित: २३ कार्तिक २०८० ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App