१२ असार २०८१ बुधबार
image/svg+xml
कला

'मायाबी' को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म 'मायाबी' को पहिलो चरणको छायांकन सकिएको छ। फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो।

यस अघि फिल्मको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो। त्यस पछि पोखराका विभिन्न स्थानहरुमा छायाकंन गरिएको हो।

फिल्मको पहिलो चरणको छायांकन सकेका निर्देशक भट्टराई निकै  उत्साहित छन्। उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने दाबी गरे।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ। फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन्। फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन्।

यो फिल्ममा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ। क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ। फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन्।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। छायांकनको दोश्रो सेड्यूल दशैं लगतै सुरु हुने निर्माणपक्षले बताएको छ। यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ।

प्रकाशित: २ कार्तिक २०८० ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App