नेपाल एक गुरुदेश्वर र तपोभूमि हो। यही अभियानका लागि अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक योगी आचार्य शर्माको नेतृत्वमा कैलाश यात्रा सुरुवात गरिएको थियो।
असार ४ गते पशुपतिनाथको प्राङ्गणबाट विधिवत रूपमा रुद्री गरेर आज राजन शर्माले खालीखट्टा परिक्रमाका लागि तयार हुँदै यात्रा प्रारम्भ गरेका थियौ। पहिलो दिन हामी केरुङको नाका नजिकै स्याप्रुबेसीमा बास बसेका थियौ।
त्यही नजिकै नेपाल इमिग्रेसनको अगाडिबाट डिपार्चर स्ट्याम हानेर गुरु आचार्य शर्माको फलोअप गर्दै म पनि रामभक्त घिमिरे खाली खुट्टा परिक्रमा गर्ने संकल्प गरी नाङ्गो खुट्टाको यात्रा प्रारम्भ गरेको थिएँ गरेको थिएँ। यो यात्रा मेरो गुरु तथा शिवजीको कृपाले देराफुसम्म पूर्ण उत्साहका साथ यात्रा सम्पन्न भयो।
खाली खुट्टा यात्रा गर्ने गुरुको सिको गुरु मोहन सिंह तथा राजन बिडारी हुनुहुन्थ्यो। मोहन सिंहले यम खुट्टाको यात्रा आफ्नो रेकर्ड बनाउनुभयो। हामी केरुङ भन्दा यता स्याप्रुबेसीमा बस्दा बेलुकी साँझ आभार तथा ओपन नोपो ओपन पो ध्यान गुरुले गराउनुभयो। जसमा हामीलाई पठाउने परिवार शुभचिन्तक सम्पूर्ण विश्वभरिका परिवारलाई सम्झेर भार प्रकट गर्याे।
यसरी हामी त्यही दिन केरुङ नाका तिब्बतको केरुङ सहरमा बास बसेका थियौँ। जुन सामुद्रिक सतहबाट २७०० मिटरको अल्टिच्युडमा रहेको छ। दोस्रो रात केरुङमा बिताउँदै हामीले त्यसको भोलिपल्ट बिहान यौगिक परिक्रमा गर्दै केरुङ सहरमा त्यहाँको बौद्ध गुम्बा नजिकै खुला चौरमा स्थानीयसहित हामीले सुष्म साधना आसन प्राणायाम र ध्यान गुरुको सहभागितामा गर्ने अवसर प्राप्त गर्याे जसमा हाम्रो हृदयभित्र देखिने पुलकित तथा मन निकै हलुङ्ग भएको थियो।
शरीर शिथिल मन शान्त थियो। बिहानको भोजनपछि हामी तेस्रो रात बिताउन साँगा प्रस्थान गर्याे। तेस्रो रात हामी बास बस्न साँगा सहरमा साँझको स्थानीय समय अनुसार साढे ८ तिर पुगेका थियौ। जाँदाजाँदै हामीले खुला चौरमा ५-७ मिनेट ध्यान गुरुको प्रत्यक्ष मार्ग निर्देशनमा सम्पन्न भयो। त्यसपछि साँझको खाना रात्रिको विश्रामका लागि कोठामा प्रवेश गर्याे।
भोलिपल्ट अन्तर्राष्ट्रिय योग दिवस २१ जुन तदनुसार असार ७ गते २०८३ रहेको थियो। हामी बिहानको नास्तापछि र बिहानको भोजन बाटामा गरेर अन्तर्राष्ट्रिय योग दिवस मनाउन हामी त्यहाँको स्थानीय समय अनुसार चारपाँच बजेतिर पुग्यौ। नेपालबाट गएका सम्पूर्ण योगी नेपालको झण्डाकारमा जुन त्रिकोण शैलीमा रहेको छ। त्यसरी नै त्रिकोण बनाई बीचमा चन्द्रमा र सूर्यको प्रतीक बनाउँदै हामी विभिन्न योगासनको प्रदर्शनी गर्याैं जसमा नटराजसन आसन तथा पूर्ण त्रिकोणासन, प्राणायाम, ध्यान लगभग हामीले ४५ मिनेटको समय बितायौं।
यौगिक आसन, सुष्मसाधना प्राणायाम र ध्यानमा आनन्दका साथ अन्तर्राष्ट्रिय योग दिवस मनायौँ। यसपछि मानसरोवर परिक्रमाका लागि जल लिएर बसमा प्रस्थान गर्याे।
करिब १ डेढ घण्टाको समय मानसरोवर तथा राक्षसतालको परिक्रमा गर्न लाग्यो र हामी मानसरोवर नजिकै एक सामूहिक टी हाउसमा बस्न सबै सकुशल पुग्यौ राति केही गुरुलाई नाकबाट रगत आउने, फोक्सोमा समस्या हुने र एकजना बुवालाई पिसाबको समस्या भएर अकस्मात हस्पिटल पुगेर उपचारपछि छिट्टै रिकभर हुन पुग्यो।
भाषा र संस्कार, संस्कृति फरकफरक बुझेका हामीले चाइनिज र तिब्बतीयनले दिएको माया र श्रद्धा अविस्मरणीय छ। कैलाश यात्राको क्रममा आदरणीय गुरुदेव मङ्गुरसँग प्रेम दर्साउँदै बिस्कुट खानेकुरा दिँदा नजिकै आएर लियो। फरक शरीर भए पनि चेतनामा समान छौं भन्ने अनुभव देखायो।
साधनापछि गाडीमा कैलाश मानसरोवर ताल दुई घण्टामा परिक्रमा भयो। राक्षस तालको पनि परिक्रमापछि हामी कैलाश मानसरोवर किनारमा रहेको आश्रयका लागि बनाइएका अर्ध सुविधाका बासस्थानहरूमा बस्न पुग्यौं। चिसोले सागादेखि नै शरीर गल्ने, वाकवाकी हुने, वान्ता हुने, खाना नरुच्ने, निन्द्रा नआउने तथा नाथ्री फुट्ने समस्याले केही गुरुलाई सताएको थियो।
योगीले कहिले चिसो कहिले तातो कहिले शारीरिक असहजपन बासस्थानमा कहिले राम्रो कहिले केही कुराको अभाव भए पनि यस्ता सानातिना कुरा सहज रूपमा लिनुपर्छ भन्ने कुराको बोध हुन गयो। चिसो ज्यादै र पानी–बिजुलीको पर्याप्त व्यवस्थापन नभए पनि सुरुमा गुरुले र त्यसपछि अर्का आदरणीय योगीबाट दुई चरणमा शिवलिंग स्थापना गरेर रुद्री सम्पन्न भयो छिटो र ढिलो उपस्थितिले सबैले शक्ति मागेर पूजाआजा, आरती, धूप, बत्ती, नैवेद्य, पढ्ने गुरुलाई दान–दक्षिणा, एक रुद्री बराबरको ३०० युआन भाडा सबै सकाएर झोला गाडीमा प्याक भए।
फेरि गुरुको साथमा सुष्म साधना आसन प्राणायाम र ध्यानका लागि एकछिन फेरि मानसरोवर किनारमा पुग्यौ।खुब उत्साहका साथ साधना सम्पन्न हुन पुग्यो। तीन वटा यात्रु बस, दुई वटा भरिया गाडी अनि ८४ जना योग यात्री परिवार सदस्यहरु बिहानी नास्ता–चिया लिएर हाम्रो यात्रा दार्चेन शहरतर्फ अगाडि बढ्यौं।
रातको बसाइमा रुद्राभिषेक र खुला चौरमा ध्यान साधनापछि डार्चेन सहरको लागि प्रस्थान गरियो।
दार्चेन शहर ससानो भए पनि सुन्दर र मूल व्यापारिक नाका बनिसकेको रहेछ। डार्चेन सहर पुगिसकेपछि यहाँबाट हामी छुट्टै प्याकेजभन्दा बाहिर तीर्थपुरी यात्राको लागि प्रस्थान गर्छौं। यसमा हामी एक बस मात्र हुन्छौं टेन्टटिभ र त्यहाँ दुई घण्टाको ड्राइभमा पुग्दछौं जहाँ अल्टिच्युड सिक्नेसलाई कम गर्न हामी एकछिन उकालो यात्रा गरेर त्यहाँको गुम्बा शिव र पार्वतीले ध्यान गरेको स्थान बौद्ध भिक्षुहरूसित प्रत्यक्ष रूपमा साक्षात्कार हुन्छ र एकछिनको ध्यान साधनापछि हामी त्यहाँबाट फर्कदै तातोपानीको मजा लिन हामी त्यहाँ खुट्टा, घोडा र शरीरको जुन ठाउँमा खाली भागमा हामी पानीले उपचाररत हुँदै र एकछिनपछि हामी त्यहाँबाट फर्किएर दार्चेन सहरमैबास बस्छौ।
भोलिपल्ट दार्चेन सहरबाट हामी यमद्वारमा सम्पूर्ण योगी गुरुहरू जाने तथा नजाने दुवैको समूह यमद्वारमा धुपबत्ती बाल्ने पितृहरूको फोटा चढाउने र त्यहीँ मन्दिरबाट प्रवेश गरेर यात्राको प्रारम्भ हुने गर्छ र कोरा परिक्रमा जाने सम्पूर्ण योगी यात्रीहरूले त्यसरी नै हामीले त्यहाँबाट पैदल यात्रा प्रारम्भ गर्याै।
हामी कोराका लागि दार्चेनबाट अथवा कैलाश परिक्रमाको लागि हामी सबै यमद्वारसम्म प्रस्थान गर्छौं। त्यहाँबाट नजाने गुरुहरू फर्कनुहुन्छ र यात्राका लागि त्यहाँ यमद्वारको मन्दिर प्रवेश गर्दै यात्रा सुरुवात गरिन्छ र यसमा केही गुरु डेरा फु पुगेपछि उहाँहरू परिक्रमा गर्न नसकिने जस्तो भएपछि त्यहाँबाट फिर्ता हुनुहुन्छ। यही कुरालाई जाने र नजाने बीचको योगीहरूको अन्तरलाई गुरुले परिक्रमा गर्न सक्ने जति कुमार र दार्चेनबाटै दर्शन गर्ने योगीहरूलाई गणेश भनेर उहाँहरूको आत्मसम्मान वृद्धि गर्नुभयो। जसमा म आफू पनि खाली खुट्टा यात्रा गर्दै सँगै प्रेरणादायी गुरु योगी आचार्य।
राजन शर्माको साथमा डेरापुकसम्म खाली खुट्टा यात्रा पूर्ण रूपमा गुरु तथा शिवको कृपाले सम्पन्न भयो। भोलिपल्ट अत्याधिक हिउँ परेको हुनाले बढी रिक्स नलिकन म आदरणीय गुरुको सल्लाहअनुसार जुत्तामा यात्रा आदरणीय गुरुदेवसँगै भयो। गुरुदेव आफ्नो संकल्प अनुसार सम्पूर्ण यात्रा नाङ्गो खुट्टामा नै गर्नुभयो। डोलमाला पास, गौरी कुण्ड र जथुलपुक पार गरेपछि कोरा परिक्रमा सकिन्छ। त्यहाँका स्थानीय भिक्षुहरूले १३ पटक कोरा पैदल अथवा सुतेर परिक्रमा गर्ने गर्छन्। कैलाश पर्वत बौद्ध बोन हिन्दू मष्ट लगायत विभिन्न धर्मावलीको आस्थाको केन्द्र रहेको छ नेपालबाट नेपाली पासपोर्टमा आउने आदरणीय योगीहरूले १ लाख ४५ हजार ट्राभल अफिसलाई बुझाएर प्याकेज तयार भएको थियो र नेपाली मूलका एनआरएनहरूलाई भिसाको रेट अलि महँगो पर्ने भएको हुनाले प्रति व्यक्ति २१०० डलर लागेको थियो।
रोचक कुरा त हामी योगी योगका गुरुहरूको यो भ्रमणमा गुरु आचार्य राजन शर्माले खाली खुट्टाले परिक्रमा सकेर जुथुलपुक
पार गरेर दार्चेन सहरमा तिब्बतीहरूले त्यहाँ हामी पुग्दा हामीले कुरा गर्याै र सामान्य चोटपटक देखेर त्यहाँका स्थानीयहरूले गुरुका खुट्टा समाएर रेकिदिएर प्रार्थना गरेर आरामका लागि छिटो तन्दुरुस्तीका लागि उनीहरूको प्रेम सद्भाव करुणा असिम श्रद्धाका साथ भाव व्यक्त गरेका थिए।
महिला तथा पुरुष छसात जनाको समूहमा हुनुहुन्थ्यो।एकछिनपछि हामी विश्रामका लागि त्यहीको स्थानीय होटलमा खाना तथा नास्ताका लागि प्रवेश गर्याै र स्थानीयसित भलाकुसारी गर्दा गर्दै उनीहरू नेपाल आउन चाहेको योग सिक्न चाहेको र फेरि हाम्रो सम्पर्कलाई निरन्तरता चाहेको देखिन्थ्यो खाएको खानेकुराहरूको बिल नलिएर एकडेढ घण्टाको समय दिएर र अन्त्यमा हामीलाई हामी बसेकै होटेलमा उनीहरूको टुकटुके गाडीमार्फत पुर्याइदिएर ठूलो गुण लगाएका थिए।
गुरुका खुट्टा समाएर ढोगेर खाना, पानी र गाडीको भाडासमेत तिर्न नदिएर पछि असीम श्रद्धाका साथ बसेको होटलमा निःशुल्क पुर्याउन देखाएको भक्तिभावले योग गुरु देश बनाएर गएमा विश्वमा नेपालीको कोही पनि शत्रु नहुने रहेछन् भन्ने थाह भयो।
यो दार्चेन शहरको भविष्य सुनौलो छ। यो शहर नेपालको अपर मुस्ताङ तथा हिमाली जिल्ला हुम्लाको पछाडिपट्टि छ। सुन्दर र विशाल फाँटमा रहेको दार्चेन शहरको होटल हिमालयन मा प्रवेश गर्याे। केरुङ, सागा, कैलाश मानसरोवर किनार, दार्चेन गरेर जाँदा–आउँदा आठ रात चिनियाँ भूमिमा बितायौं। भाषा संस्कार संस्कृति मिल्दोजुल्दो नभएपछि हामीलाई सञ्चार गर्नको लागि इन्टरनेट सेवा मार्फत दोभासे अथवा गाइडको मार्फत कम्युनिकेसन गर्ने काम आवश्यकताले गरिन्थ्यो। अंग्रेजी त डाक्टरले पनि नबुझ्ने समस्या रहेछ। कसैकसैले मात्रै काम चलाउ बुझ्दा रहेछन्। जता पनि दोभाषेको आवश्यकता पर्दो रहेछ। यहाँका सबै घर, पसल, होटल भनेका सरकारले बनाइदिएका घरहरू रहेछन् यसमा व्यक्तिले सरकारलाई कर बुझाएर आफ्नो व्यापार व्यवसाय निर्धक्कपूर्वक चलाउन सक्ने रहेछन्। आफ्नो व्यक्तिगत सम्पत्ति भनेकै नगद क्यास मात्र रहेछ।
समग्रमा यो यौगिक यात्रा चेतनाको यात्रा थियो। यो यात्रा पैसाको टूर, भोगको यात्रा, भ्रमणको यात्रा मात्र नभएर साधनाको अभ्यास थियो। पशुपतिनाथबाट प्रारम्भ भएको यो सजक साधना अभियान असार १३ गते पुनः पशुपतिनाथमा कैलाशको जल चढाएर विधिवत रूपमा समापन भएको थियो।
यो साधनामा सबैलाई सद्भाव र सद्भावना बाँड्ने रूपमा नेपाल युग गुरु देश हो भन्ने अभियान रह्यो। इतिहासमा पहिलो पटक यसरी आएकाले यति ठूलो संख्यामा कोरा परिक्रमा गरेको सफलता यौगिक यात्राले प्राप्त भएको छ। साथै चिनियाँ तथा तिब्बती समुदायमा हामीलाई देखाएको सम्मान अवश्य अविस्मरणीय छ।
नेपालबाट जाने गाइडमा दुईदुई पटक सगरमाथामा सफल आरोही छोङ्बा शेर्पाको नेतृत्वले पहिलो पटक योगको महत्त्व र नेपालको प्राचीन ज्ञान बारे जानकारी पाएको बताए।
यात्रामा सामान्य मानिसको जीवन बेहोस पूर्ण रहेको हुन्थ्यो भने योगीहरूको यात्राले नयाँ जीवन पाएको महसुस भयो। यतिको सात्विक र सुझबुझपूर्ण यात्रा जीवनको पहिलो अनुभूति भएको बताए।
योगीसँगको पहिलो मिलनले हामीले ज्ञान, सम्मान र समझदारीमा योगीहरु जस्तो अरुकोही पनि नदेखिएको पनि महसुस गरायो।
बुद्ध, हिन्दू, जैन तथा बोन धर्मका मानिसको मुख्य तीर्थस्थल रहेकोले ती धर्मका मानिसका लागि मुख्य गन्तव्य कैलाश मानसरोवरलाई मानिँदो रहेछ। नेपालीलाई पहिलापहिला भिसा लगाउनुपर्ने झन्झट थिएन अहिले आएर भिसा लगाउनुपर्ने अवस्था सिर्जना भएको हो भनेर अग्रजहरूले भन्नुहुन्छ।
सन् १९१९ देखि मात्र नेपालीका लागि पनि सहज भएको बुझियो। कैलाश मानसरोवर जानेहरूका लागि अनिवार्य त्यो देशमा तिब्बती गाइड लिनु पर्ने रहेछ। तिब्बती गाइड तिब्बती ट्राभल एजेन्ट बिना नेपालका कुनै ट्राभल एजेन्सीले काम गर्न सक्दैनन्। यो खालको स्वतन्त्रता चिनिया सरकारले दिएको छैन। र त्यहाँ कुनै नयाँ स्थान नयाँ ठाउँ सरकारको गाइड बिना जान सकिँदैन। त्यहाँ अन्य देशमा जस्तो जुनसुकै समयमा आफ्नो स्वतन्त्रताको प्रयोग असम्भव रहेछ। सरकारले दिएको अनुमतिबिना त्यहाँ कुनै पनि कर्म गर्नु कानुन विपरीत हुने रहेछ।
हामी यात्राको सुरुवात गर्दा गर्दाखेरि पशुपतिनाथको परिक्रमा दर्शन आशीर्वाद लिएर नेपाल सरकारका प्रतिनिधि सहसचिवले नेपालको झण्डाका साथमा महादेव शिवको महिमा सहित योगी आचार्यलाई विदाई गर्नुभएको थियो।
बसपार्कदेखि शिक्षा तथा प्रविधि मन्त्रालयले दिएको राष्ट्रिय झण्डाका साथमा महादेव शिवको भक्तीगानसहित आचार्य राजन शर्मा गुरुदेव सहितको उपस्थित सम्पूर्ण समूहलाई फर्कदा हामीलाई काठमाडौँ भ्यालीका विश्वशान्ति तथा अध्ययन विज्ञान समाजका सम्पूर्ण योगी तथा गुरुहरूले फूलको वृष्टि गर्दै सम्पूर्ण गुरुलाई हार्दिकताका साथ फेरि पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो।
हामीले शंकराचार्य मठ अगाडि जलको संकलन गर्दै पशुपतिमा कैलाशमानसवको जल चढाएर आदरणीय योगीहरूले तयार गर्नुभएको प्रसादी लिएर एकछिनको विश्रामपछि घर फर्केका थियौँ।
असार ४ गते सुरुवात भएको हाम्रो यात्रा असार १३ गते तदनुसार १८ जुन देखि २७ जुनसम्म २०२६ मा नौ रात १० दिनको यात्रा गुरुदेवको अन्तिम आशिर वचनसहित समापन भएको थियो।
गुरु देश गन्तव्य बनाउने अभियानका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजका संस्थापक योगी आचार्य राजन शर्माको नेतृत्वमा कैलाश यात्रा प्रस्थान गरिएको थियो।
नेपाल लगायत विदेशी भूमिमा रहेर आदरणीय गुरुहरुले आदरणीय योगीहरूले सहभागिता जनाउनुभएको थियो साथमा पातञ्जल योग समिति नेपालका उपाध्यक्ष होमप्रसाद गौतमसहितका अन्यको पनि सहकार्य सहभागिता थियो। सम्पूर्ण शिव कृपा प्राप्त गर्ने साधकहरूको नामावली यस प्रकार रहेको छ।
१. आचार्य राजन शर्मा, सिन्धुपाल्चोक
२. जगन्नाथ ढकाल, काठमाडौं
३. होमप्रसाद गौतम (सत्य शाश्वत), झापा
४. रामभक्त घिमिरे, तनहुँ
५. ईन्दीरा सापकोटा, भक्तपुर
६. राजन जीवन्त (राम कुमार विडारी), काठमाडौं
७. रामप्रसाद संजेल, काठमाडौं
८. सीता शर्मा, काठमाडौं
९. सीता पौडेल, पोखरा
१०.कल्पना गैह्रे
११. मन्जु ढकाल, पाल्पा
१२. जुनु कार्की
१३. अस्मिता अधिकारी, इटहरी, सुनसरी
१४. सुशीला ढुंगाना, काठमाडौं
१५. रमा तिमल्सिना, काठमाडौं
१६. युवराज तिमल्सिना, काठमाडौं
१७. शारदा कोइराला, पोखरा
१८. खुमनाथ गौतम, बुटवल, हाल अमेरिका
१९. पुष्पा अधिकारी गौतम, बुटवल, हाल अमेरिका
२०. सुगन्ध वाग्ले, चितवन
२१. बालाजी, अष्ट्रेलिया
२२. मधुसूदन दाहाल, काठमाडौं
२३. सीता चौलागाई, काठमाडौं
२४. दिपक दाहाल, काठमाडौं
२५. दिपा दाहाल, काठमाडौं
२६. कमला दाहाल, काठमाडौं
२७. रोमादेवी निरौला, झापा
२८. बालकृष्ण धिताल, काठमाडौं
२९. भगवती धिताल, काठमाडौं
३०. बसन्त राज पौडेल, काठमाडौं
३१. मोहन सिंह, चन्द्रागिरी, काठमाडौं
३२. पार्वती गौतम, चन्द्रागिरी, काठमाडौं
३३. उद्धव बडतौला, जोरपाटी, काठमाडौं
३४. लक्ष्मी बडतौला, काठमाडौं
३५. भिष्मराज अधिकारी, काठमाडौं
३६. श्रीम बहादुर सुवेदी, काठमाडौं
३७. राधिका शर्मा, काठमाडौं
३८. निर्मला भट्टराई, काठमाडौं
३९. शिवराम थापा, काठमाडौं
४०. बद्री धिमाल,काठमाडौं
४१. रजनी शर्मा, पोखरा
४२. लक्ष्मी बास्तोला, पोखरा
४३. गंगा अर्याल, पोखरा
४४. ईन्द्रराज अर्याल, पोखरा
४५. छविलाल खनिया, कञ्चनपुर
४६. प्रभा चौधरी, कन्चनपुर
४७. खडानन्द सापकोटा, बाग्लुङ
४८. राधिका ढकाल, थानकोट, काठमाडौं
४९. तारा पुडासैनी, काठमाडौं
५०. सुशीला राना, काठमाडौं
५१. आत्माराम सापकोटा, गुल्मी
५२. सीता सापकोटा, गुल्मी
५३. रवीन्द्र घिमिरे, पोखरा
५४. अमृत भक्त खरेल, काठमाडौं
५५. शारदा सापकोटा, पोखरा
५६. जीवनाथ बस्ताकोटी, पोखरा
५७. अमृता बस्ताकोटी, पोखरा
५८. सहदेव बिष्ट, पोखरा
५९. पवित्रा बिष्ट, पोखरा
६०. किशोर जोशी, पाल्पा
६१. नेत्रप्रसाद पंडित, भक्तपुर
६२. चेतनारायण अधिकारी, बुटवल
६२. थामकला अधिकारी, बुटवल
६३. लोकनारायण अधिकारी, बुटवल
६५. शोभा अधिकारी, बुटवल
६६. ईश्वर कार्की पोखरा
६७. उषा गुरुङ, पोखरा
६८. जमुना कार्की श्रेष्ठ, पोखरा
६९. मञ्जु नेउपाने, पोखरा
७०. अस्मिता बखरेल, काठमाडौं
७१. अम्बिका बखरेल,काठमाडौं ू
७२. कृष्णप्रसाद घिमिरे, पोखरा
७३. सावित्री लामिछाने, काठमाडौं
७४. स्मिता देवी सापकोटा,काठमाडौं
टुर अपरेटर, किचन सहयोगी र गाइडहरुको नामावली
७५. नेत्रप्रसाद पण्डित
७६. छोंङबा तेन्जिङ शेर्पा७७. तेण्डु शेर्पा
७८. काजी शेर्पा
७९. लाक्पा शेर्पा
८०. निङमा शेर्पा
८१. नितेश पुडासैनी
८२. कुमार न्यौपाने
तिब्बती गाइडहरु
८३. अजय
८४. टासी सोनाम
८४ लाख आसन भएजस्तै ८४ जनाको यात्रा सम्पन्न भएको थियो ।
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥
(लेखक विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालका केन्द्रीय सदस्य हुन्।)
प्रकाशित: ४ श्रावण २०८३ १३:४७ सोमबार





-600x400.jpg)