४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने दीपकराजको घोषणा

फाइल तस्बिर

हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने घोषणा गरेका छन्।  

शुक्रबारदेखि नयाँ बानेश्वरमा सञ्चालनमा आएको आफ्नो लगानीको हल ‘एनबी सेन्टर’ को उद्घाटनको क्रममा बोल्दै उनले यो हलबाट निर्माता र प्रदर्शकले ५०-५० प्रतिशत हिस्सा ९सेयर० पाउने बताएका हुन्।

उनले भने, ‘नेपाली चलचित्र उद्योग संघर्षरत छ, पहिला पनि थियो र अहिले पनि संघर्ष नै गरिरहेका छाैं। राज्यबाट त्यति धेरै सुविधा प्राप्त गरेका पनि छैनौँ, गर्ने अवस्था पनि राज्यको छैन। गत वर्ष ७ वटा जति नेपाली चलचित्र हिट भए, हिन्दी र अंग्रेजी चलचित्रको कलेक्शन बराबर नेपाली चलचित्रको कलेक्शन थियो। हलले पनि हामी नेपाली निर्मातालाई बचाउनुपर्छ र हामीले पनि हललाई बचाउनुपर्छ। हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०-५० प्रतिशत होस्, हाम्रो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन्।’

प्रकाशित: २९ भाद्र २०८० ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App