२४ असार २०८१ सोमबार
image/svg+xml
कला

सेप्टेम्बर-२४ मा विवाह गर्दै परिणीति र राघव

बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढा विवाह बन्धनमा बाँधिदै छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार परिणीति र राघव २४ सेप्टेम्बरमा विवाह गर्दैछन्। उनीहरुले विवाहका लागि उदयपुरको द लीला प्यालेस रोजेका छन्।

पछिल्लो समय परिणीति र राघवको विवाहको निमन्त्रणा कार्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। चोपडा र चड्ढाले वैशाखमा इन्गेजमेन्ट गरेका थिए।

राघव आम आदमी पार्टीको राज्यसभा सांसद हुन्। इंग्ल्यान्डमा पढ्दा परिणीति र राघवबीच चिनजान भएको थियो।

परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

राघव पेशाले चाटर्ड अकाउन्टेन्ट हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएको थियो।  

प्रकाशित: २८ भाद्र २०८० १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App