२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नइका पाँच कृति लोकार्पण

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शंकर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच कृतिको लोकार्पण गरेका छन्।

इन्दिरा प्रसाईको प्रयोगवादी कथासंग्रह ‘बघेनी’ कविहरू सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालको ‘पर्दाभित्र’ कवितासंग्रहको लोकार्पण भएका हुन्।

वानीरा फाउन्डेसनले आयोजना गरेको उक्त लोकार्पण कार्यक्रममा समालोचक प्रा.केशव सुवेदीले लोकार्पित कृतिहरूको समीक्षात्मक  मन्तव्य प्रस्तुत गरेका थिए। समारोहमा लोकार्पित कविता कृतिका स्रष्टाहरूले कविता वाचन गरेका थिए।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभाध्यक्षमा सञ्चालित कार्यक्रममा सदस्य सचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले संस्थाको प्रगति र नवकृतिहरूबारे मन्तव्य दिएका थिए।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्रांगणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो।

प्रकाशित: २५ भाद्र २०८० ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App