१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

अल्झिएको हुन्छु म मा कैलाश र क्रिष्टिनाको अन्स्क्रिन प्रेम (भिडियो )

 

गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।  टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स  देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा  डेब्यु  गरेका हुन्।  अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन।  भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो।

न्यौपाने निर्देशित यो पहिलो  म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। 

प्रकाशित: २२ भाद्र २०८० १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App