१२ असार २०८१ बुधबार
image/svg+xml
कला

फिल्म ‘जवान’ रिलिज हुनुअघि वेंकटेश्वर र तिरुपति मन्दिर पुगे शाहरूख

बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' ७ सेक्टेम्बरदेखि प्रदर्शन हुँदै छ।

शाहरूख खानले फिल्म ‘जवान’ लाई हिट बनाउन कुनै कसर बाँकी राखेका छैनन्।

अहिले शाहरूख खान आफ्नो परिवार र फिल्मकी मुख्य अभिनेत्रीसँग वेंकटेश्वर मन्दिर दर्शन गर्न गएका छन्। तिरुपति मन्दिरमा गएका शाहरुखको भिडियो भने सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

शाहरुख खान आफ्नी छोरी सुहाना र अभिनेत्री नयनतारासँग आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा देखिएका छन्। भिडियोमा शाहरुख खान नयनतारा र सुहानासँग भगवान वेंकटेश्वरको आशीर्वाद लिएको देखिएका छन्। यससँगै उनले त्यहाँ उपस्थित फ्यानहरुलाई हात हल्लाएका छन्।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुँदै छ। फिल्मको २ दिनमा ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ भइसकेको छ।

प्रकाशित: १९ भाद्र २०८० ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App