६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

प्राडा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि

विश्व हिन्दू महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई  विश्व हिन्दू महासंघले ‘नेपाल ऋषि’को उपधिले सम्मान गरेकाे छ।

विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमका प्रमुख वक्ता प्राडा जगमान गुरुङले ‘सामाजिक सदभाव र धार्मिक सहिष्णुता’ को विषयमा धर्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भवनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिएका थिए।

डा. गुरुङले ‘हजारौ वर्षपहिलेदेखि नेपाल र नेपाली बहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसांस्कृतिकबीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपोभूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको  महान् तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिका बीच मतभिन्नता भएको पाइँदैन। सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कायम रही विकास भइआएको छ’ भने।

यस अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले डा. गुरुङको विषयमा प्रकाश पारेका थिए।

डा. जगमान गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा ‘नेपाल ऋषि’ को  उपाधिले सम्मान गरिएको थियो। यसपछि साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो।

विभिन्न संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थालाई समेटेर लाने बताभएका थिए।

प्रकाशित: १३ भाद्र २०८० ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App