२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ को परिचर्चा

उपन्यास समाज नेपालले उपन्यासकार शंकर भारतीको उपन्यास ‘अनुपम देवता’ तेस्रो संस्करणको परिचर्चा गरेको छ। वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्य र स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा परिचर्चा भएको हो।

परिचर्चा कार्यक्रममा वक्ता डा. दामोदर पुडासैनी किशोर, राधेश्याम लेकाली, गोविन्द घिमिरे वेदमणि, पवन आलोक, देविका तिमल्सिना र डा. धनप्रसाद सुवेदीले शुभकामना मन्तव्य राखेका थिए।

उपन्यास समाज नेपालका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत गरेको कार्यक्रममा डा. दीनबन्धु शर्मा, डा. शान्तिमाया गिरी, मधुसूदन लामिछाने र डा. रामप्रसाद ज्ञवालीले समालोचकीय मन्तव्य राखेका थिए।

प्रमुख अतिथि शर्माले ‘उपन्यासकार भारतीका उपन्यास सरल, प्रष्ट र कोमल भएको बताए। भारतीको जीवन पनि सोहीअनुरूप चलेको उनले बताए।

उपन्यासकार शंकर भारतीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ‘अनुपम देवता’ लेख्दाको सन्दर्भ र अनुभव सुनाएका थिए। उनले समालोचकहरूको प्रतिक्रियाले  नयाँ उपन्यास लेख्ने हाैसला मिलेकाे पनि बताए।

साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको कार्यक्रममा समाजका महासचिव विष्णुबहादुर सिंहले उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

विसं २०१३ सालमा डिल्लीबजार, काठमाडौंमा जन्मिएका भारतीको ‘अर्को जुनी’, ‘प्रेम तपस्या’, ‘अनुपम देवता’, ‘महापुरुषको सन्तान’ र ‘अग्नि परीक्षा’ उपन्यास प्रकाशित छन्।

प्रकाशित: ९ भाद्र २०८० ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App