२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

फेडोल साहित्य प्रतिष्ठानले पाँच स्रष्टालाई सम्मान गर्ने

फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ। फेडोल साहित्य प्रतिष्ठानको हालै बसेको कार्य समितिकाे बैठकले पाँच स्रष्टालाई फेडोल उत्कृष्ट सिर्जना सम्मानद्वारा सम्मान गर्ने निर्णय गरेको हो।

फेडोल साहित्य प्रतिष्ठानले २०७६ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मान कवि मातृका पोखरेलको ‘मित्रताको आकाश’ कवितासंग्रह, २०७७ सालको नियात्राविद् जय छाङ्छालाई  ‘नियात्रा विधा: परिचय’ र २०७८ सालको कथाकार नवराज रिजालको ‘अब उप्रान्त’ कथासंग्रहलाई प्रदान गरिने भएको छ।

रत्न प्रजापतिको ‘रित्तो रथ’

त्यसैगरी २०७९ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मानमा आख्यानतर्फ कथाकार रत्न प्रजापतिको ‘रित्तो रथ’ कथासंग्रह र गणेश घिमिरे मार्मिकको ‘श्रीधरा’ महाकाव्यलाई प्रदान गर्ने निर्णय भएको फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलले बताए।

गणेश घिमिरे मार्मिक ‘श्रीधरा’ महाकाव्य

विश्वव्यापी महामारी कोभिडका कारण केही समयदेखि राेकिएकाे फेडोल उत्कृष्ट सिर्जना सम्मान चाँडै प्रदान गर्ने पनि अध्यक्ष ढुंगेलले बताए  

प्रकाशित: ३ भाद्र २०८० ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App