२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड

नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड-२०२३’ कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरू सम्मानित भएका छन्।

दिपायल/सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काको  अध्यक्षतामा आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले सम्मानित स्रष्टाहरूलाई अवार्ड प्रदान गरेका थिए।

सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन्। उनलाई प्रमुख अतिथि मन्त्री शरदसिंह भण्डारीले ‘नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड’ र अध्यक्ष नगर प्रमुख बाजीसिंहले मायाको चिनो प्रदान गरेका थिए।

यो अवार्ड नेपाल, भारत र बाङ्लादेशका विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड हो। कार्यक्रममा नेपाल-बाङ्लादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजालले कार्यक्रमको उद्देश्य र महत्त्वबारे बोलेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री भण्डारी, अध्यक्ष नगर प्रमुख बाजिसिंह, सम्मानित राधेश्याम लेकाली लगायतले मन्तव्य राखेका थिए। सखी प्रतिष्ठानकी अध्यक्ष कवि मन्जिला अनिलले सञ्चालन गरेकाे कार्यक्रममा शिव अधिकारी र सरु गौतमले कविता वाचन गरेका थिए ।

प्रकाशित: २ भाद्र २०८० ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App