२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

जापानमा गुन्जियो नेपथ्य

आर्थिक महानगर ओसाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै नेपथ्यले यस वर्षको शृंखलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। ओसाकामा प्रस्तुति दिनुअघि टोकियो र फुकुओकामा सांगीतिक कार्यक्रम गरेको थियो।

गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो। कार्यक्रम अवधिभर दर्शकसँग संवाद गरेका गायक गुरुङले आफ्ना सांगीतिक अनुभव सुनाउँदै नेपाली समाज परम्परादेखि परोपकारी रहेकाले यस्तो चरित्रलाई सधैं जीवन्त बनाउनुपर्नेमा पटकपटक जोड दिएका थिए। कार्यक्रममा नेपथ्यले आफ्ना १६ वटा गीत प्रस्तुत गरेको थियो।

एक वर्ष यता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ति खाना र बसोबासको व्यवस्था मिलाउने उद्देश्यका साथ मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरूको जमघट भएको रेकर्ड छैन,’ सो अवसरमा आयोजक सविन थकालीले भने, ‘१७ सय दर्शक एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठुलो नेपाली भेला बन्नपुग्यो।’

एक वर्ष यता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ति खाना र बसोबासको व्यवस्था मिलाउने उद्देश्यका साथ मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ। ‘मानवताको लागि संगीत’ नाम दिएर सुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो।

प्रकाशित: २ भाद्र २०८० ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App