२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा

मंसिर ५ देखि १० सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलनका बारेमा जानकारी दिइँदै। तस्बिर: नागरिक

काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ। सम्मेलन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा हुने भएको हो।

‘सामाजिक रूपान्तरणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री’ भन्ने नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा नेपाल, चीन, अमेरिका, इजिप्ट लगायतका दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहने जानकारी महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइयो।

करेन्ट मिडियासँगको सहकार्यमा हुने यस सम्मेलनमा १८० भन्दा बढी स्टल रहने छन्। महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका निकायका लागि सल्लाह एवं सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवम् आम पाठकका लागि उपलब्धिमूलक हुने विश्वास आयोजकले लिएको छ।

प्रकाशित: ३१ श्रावण २०८० ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App