५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

एल्विश यादवले जिते बिग बोस ओटीटी सिजन–२ को उपाधि

बिग बोस ओटीटी सिजन–२ को  उपाधि एल्विश यादवले जितेका छन्। बिग बोसको १६ वर्षको इतिहासमा यो पहिलो पटक भएको छ, जब वाइल्ड कार्ड प्रतियोगीले बिग बोसको विजेताको ताज पहिेरिएका छन्।

यस सिजनको टप ५ फाइनलमा एल्विश यादव, अभिषेक मल्हार, मनिषा रानी, ​​बविका धुर्वे र पूजा भट्ट रहेका थिए। पूजा भट्ट पहिले आउट भइन् र त्यसपछि बबिका पनि विजेताको दौडबाट बाहिरिएकी थिइन्।

एल्विश, अभिषेक बाहेक मनिषा रानीले पनि टप–३ मा स्थान बनाएकी थिइन्। तर उनी टप–२ मा पर्न सकिनन्। अन्तमा एल्विश र अभिषेकबीच प्रतिस्पर्धा भयो। यूट्युबर एल्विशले बिग बोसको ताजमा बाजी मारे। उनलाई ट्रफी र २५ लाख पुरस्कार प्रदान गरिएको छ।

एल्विश र अभिषेक दुबै जना चर्चित युट्युबर हुन् र सामाजिक सञ्जालमा उनीहरुका फ्यान लाखौंमा छन्। बिग बोस ओटीटी सिजन–२ को हाेस्ट सलमान खानले गरेका थिए।

प्रकाशित: ३० श्रावण २०८० ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App