२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

वास्तविक गुरु

यस्तो पनि!

रोमन म्याकर्मिक र एडी म्याकर्थी

३५ वर्षे एडी म्याकर्थी टेलिभिजन हेरिरहेका थिए। अचानक १५ वर्षे किशोर रोमन म्याकर्मिकको तस्बिर देखियो। एडीलाई यी किशोरलाई कतै देखे/चिने जस्तो लाग्यो। पछि उनी छक्क परे, यो बच्चो त उनले पढाउने ह्विटमर सिनियर हाइस्कुलमा ज्यामिति कक्षाको विद्यार्थी पो हो त! त्यसपछि उनले गहिरिएर खबर सुने, जसअनुसार यी किशोरलाई मिर्गाैलाको चौथो चरणको रोगले सताएको रहेछ। उनका आफन्त कसैको पनि मिर्गाैला उनको मिर्गाैलासँग मेल खाएनछ।

अमेरिकामा स्वाभाविक रूपमा मिर्गाैला प्रत्यारोपण कुर्ने हो भने उनको पालो आउन पाँच वर्ष लाग्ने रहेछ। उनीसँगै अन्य ९२ हजार मिर्गाैलापीडित कुराइमा थिए।

ज्यामितिको कक्षामा निकै टाठो रोमनको जिन्दगीमा यत्रो भूकम्प गइरहेको एडीले पत्तै नपाएकामा ठूलो चुकचुक माने। हुन पनि अब केही ढिला हुन थाले मिर्गाैलाको समस्याका कारण उनले श्रवणशक्ति गुमाउने सम्भावना पनि बढेको देखियो।

गएको फेब्रुअरीमा एडीले आफ्नो चेलोको सो हालत टिभीमा देखेपछि आफ्नो मिर्गाैला दान गर्ने विचार गरे। यसपछि उनले रगत जाँच गराए, ओ पोजिटिभ निस्कियो, जुन रोमनको पनि ठ्याक्कै त्यही थियो। गएको जुन महिनामा रोमनका लागि उनका शिक्षकले मिर्गाैला दान मात्र गरेनन्, जीवन नै जोगाए।

रोमनलाई अस्पतालले अब बाँच्ने मात्र होइन, आफ्ना सारा सपना पूरा गर्ने शक्ति फर्किएको बताएपछि रोमन र उनका अभिभावक एडीलाई भेट्न स्कुल नै पुगे। शिक्षकका कारण छोरो मृत्युको मुखबाट फर्किएकामा रुँदै कृतज्ञता जनाए।

केही शिक्षक, शिक्षक मात्र हुन्छन्, जसले शिक्षा दान गरेपछि आफ्नो जिम्मेवारी सकिएको महसुस गर्छन्। केही शिक्षक त्यस भन्दा अगाडि बढेर गुरु बन्छन् जसले जीवन दान गर्न हिच्किचाउँदैनन्।

-वासिङ्टन पोस्ट्

प्रकाशित: २८ श्रावण २०८० ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App