२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

छोरीका आँखामा भूपी

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।

कार्यक्रममा पत्रकार देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवाद समेत गरे। संवादमा शेरचनले आफ्ना पिता भूपीका विषयमा आम रूपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पार्दै पुस्तक लेखनको औचित्यसमेत प्रस्ट्याइन्। ‘मलाई एकदुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चारपाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठुलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो।’

आफ्नो घरमा जति मानिस आउँथे, उनीहरू सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले बढी बुझेको उनको भनाइ छ। ‘समाजमा बुबालाई एउटा असल कविका रूपमा मात्र नबुझेर जँड्याहाका रूपमा प्रस्तुत गर्दा भने मलाई अति पीडा दिन्थ्यो,’ उनले भनिन्, ‘बुबाको विषयमा बाहिर आएका कतिपय कुरा भने बुबाले लेखेको कविताजस्तै हल्लैहल्लामा आएका छन्।’

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। 

प्रकाशित: २७ श्रावण २०८० ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App