२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आफैंलाई खोज्न मन छ लोकार्पण

नेपाल स्रष्टा समाजले स्रष्टा सागर फुयालको आफैंलाई खोज्न मन छ कविता तथा गीतसंग्रहको लोकार्पण गरेको छ।

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, शिव परियार लगायतले कृतिको लोकार्पण गरेका थिए।

लोकार्पित कृतिबारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि सागर फुयाललाई दोस्रो कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए। साथै उनले लोकार्पित कृतिबाट एउटा कविता पनि वाचन गरेका थिए।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, शिव पगेनी, किशोर पहाडी, धीरकुमार श्रेष्ठ, कृतिकार सागर फुयाल लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकारहरू - शंकर भारती, मधु पाठक, अश्विनी कोइराला, देविका तिमिल्सिना, राजेश खनाल, मुरारि सिग्देल, प्रकाश घायल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ श्रावण २०८० ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App