२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लघुकथाकार केसीलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान

लघुकथा समाज नेपालले लघुकथा केन्द्र, नेपालकी संस्थापक लघुकथाकार लता केसीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८०’ प्रदान गर्ने निर्णय गरेको छ।

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ को निर्णायक समितिले लघुकथाको क्षेत्रमा क्रियाशील अभियन्ता केसीलाई सम्मान गर्ने निर्णय गरेको हो। यस सम्मानमा २१ हजार नगदराशि रहेको छ।

उक्त सम्मान लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र उनकी पत्नी ललिता श्रेष्ठले स्थापना गरेका हुन्। यसअघि यस सम्मान पहिलोपटक ‘सर्वनाम नाट्य संस्था’ र दोस्रोपटक लघुकथाकार अनिता तुलाधरलाई प्रदान गरिएको थियो।

केसी सबैभन्दा धेरै लघुकथासंग्रह प्रकाशित गर्ने नारी स्रष्टा हुन्। उनका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’ र ‘सफलता’ तीन लघुकथाकृति प्रकाशित छन्। २०३९ देखि नै लेखनमा सक्रिय केसी सेवानिवृत्त शिक्षक हुन्।

‘हाम्रो लघुकथा पाठशाला’ हुँदै ‘लघुकथा केन्द्र नेपाल’को माध्यमबाट लघुकथाको विधागत उन्नयनमा लागिपरेकी केसीलाई समाजले भदाै ५ गते लघुकथा दिवसकाे अवसरमा साे सम्मान प्रदान गरिने भएकाे छ।

प्रकाशित: १५ श्रावण २०८० ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App