२५ असार २०८१ मंगलबार
image/svg+xml
कला

कंगनाको निशानामा करण: ९० को दशकका फिल्मको नक्कल गरिरहेका छन्, जुन सही होइन्

बलिउड अभिनेत्री कंगना रनौतले फेरि एक पटक करण जोहरलाई निशाना बनाएकी छिन्। करण जोहरको फिल्म 'रकी और रानीकी प्रेम कहानी' लाई लिएर कंगनाले विभिन्न टिप्पणी गरेकी हुन्।

करण जोहरले निर्देशन गरेको फिल्म 'रकी और रानीकी प्रेम कहानी' ९० दशकको फिल्मको कपी रहेको उनले आरोप लगाएकी छिन्।

करणले ९० दशकको फिल्मको कपी गरिरहेका छन्, जुन सहि होइन् कगंनाले भनेकी छिन्। उनले पछिल्लो समय दर्शकहरुले नराम्रा फिल्महरुलाई बहिष्कार गरिरहेको पनि बताएकी छिन्।

कंगनाले त्यस्तो खराब फिल्ममा २५० करोड कसरी खर्च गर्न सक्नुहुन्छ भन्दै प्रश्न समेत गरेकी छिन्। उनले फिल्म बनाउनका लागि अहिले पैसा दिन कोही पनि तयार नरहेको बताउँदै आजकल फिल्म बनाउन पैसा जम्मा गर्नु आफैमा ठूलो संघर्ष भएको बताएकी छिन्।

उनले नयाँ र प्रतिभाशाली फिल्म निर्माताहरूलाई फिल्महरू बनाउन दिन करणलाई आग्रह गरेकी छिन्।

करण जोहरले निर्देशन गरेको फिल्म 'रकी और रानीकी प्रेम कहानी' गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। फिल्मले दुई दिनमा २७ करोड १५ लाख भारू कमाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

प्रकाशित: १४ श्रावण २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App