६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

वाद्यवादनमा भविष्य खोज्दै

संगीत भावना हो, मनभित्रको लय र माधुर्य हो। संगीत मन नपर्ने सायदै होलान्। यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ। यस्तै संगीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले।

संगीत भावना हो, मनभित्रको लय र माधुर्य हो। संगीत मन नपर्ने सायदै होलान्। यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ। यस्तै संगीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले।

उनी १५ वर्षको भए। उनलाई वाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ। विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीत अनुसारका नयाँनयाँ ताल सिक्ने गर्छन्। चार वर्षदेखि  काफ्लेको दिन यसरी नै बितिरहेको छ। उनको घर अहिले वाद्यवादन सिक्ने थलो नै बनेको छ। काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउँछन्। घर नै संगीतको मीठो धुनले गुञ्जयमान छ।

‘संगीत नभई बस्न सकिंदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु’, काफ्लले भने, ‘घरमा पर्याप्त बाजा छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु।’

गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन थालेका काफ्लेले क्रमशः सारंगी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिके। अहिले उनी गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिक कार्य लगायतमा सहभागी भई वाद्यवादनको काम गर्छन्। घरमा रहेका विभिन्न थरीका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउँछन्।

‘विद्यालय समयबाहेक साँझ-बिहान घरमा बसेर सिक्छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तन जस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ’, उनले भने।

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक वाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउँछन्। धार्मिक कार्यमा सहभागी भएवापत उनले छ घन्टाको समय वाद्यवादनमा खटिए वापत पाँच हजार रुपैयाँसम्म रकम बुझ्छन्। भविष्यमा राम्रो संगीतकार बन्ने काफ्लको लक्ष्य छ। घरमा बुवाआमाको राम्रो साथसहयोग पाएका काफ्लेले एसइई परीक्षा उत्तीर्णपछि संगीत र संस्कृत शिक्षा पढ्ने योजना बनाएका छन्।

‘संगीत नभई बस्न सकिंदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु’, काफ्लले भने, ‘घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु।’

यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि संगीतमा औधी रुचि छ। घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला वाद्यवादनप्रति प्रेम नै बसेको छ। मादल, हार्मोनियम र गीतारमा उनले राम्रो ताल भर्छन्। पोखरेललाई यसको साथै अन्य बाजाको उत्तिकै मोह छ। विद्यालय बिदाको समय अहिले उनी अन्य बाजा बजाउन सिक्दै छन्।

पोखरेल भन्छन्, ‘सिक्न थालेपछि संगीतबिना एकछिन बस्नै सकिंदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा संगीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका वाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु।’

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारंगी, बाँसुरी, गितार लगायत बाजा छन्। साँझबिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ। भविष्यमा वाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ। पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित छन्।

यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि संगीतमै रमाएका छन्। घरमा विस्तारै मादल बजाउन सिकेका उनले आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिहेका छन्। पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउँछन्। पन्ध्र वर्षीय घिमिरेलाई वाद्यवादनप्रति निकै मोह छ। मादल, किबोर्ड र गितारका धुनमा उनी खाली समय बिताउँछन्।

संगीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर वाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेट लगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्छन्। अहिले अक्टोप्याड, हार्मोनियम लगायत बाजामा उनी ताल भर्न सिक्दै छन्।

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारंगी, बाँसुरी, गितार लगायत बाजा छन्। साँझबिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ। भविष्यमा वाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ। पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित छन्।

‘घरमा अभिभावकले महत्त्व दिएर वाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले वाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ’, उनले भने।

संगीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ। मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई संगीतको धुनले भुलाइदिएको हुन्छ। साहित्य र संगीतका अनेकौं रूप छन्। शब्दको संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुन्छ। गीत,संगीत र साहित्य मानव जीवनको प्राण नै हो। मानव मनभित्र पनि एक किसिमको संगीत पैदा भएर तरंगित भइरहेको हुन्छ।

रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउँछन्। बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा संगीत सिक्ने गरेको बताउँछन्।

उनी घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता संगीतमा गीत अनुसारको ताल निरन्तर सिकिरहेका छन्। सानो उमेरमा पनि वाद्यवादनको क्षेत्रमा काफ्लेको सोख बढेको छ। संगीतका अलवा उनलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ। कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले संगीत सिक्न थालेका हुन्।

संगीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ। मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई संगीतको धुनले भुलाइदिएको हुन्छ। साहित्य र संगीतका अनेकौं रूप छन्। शब्दको संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुन्छ। गीत,संगीत र साहित्य मानव जीवनको प्राण नै हो। मानव मनभित्र पनि एक किसिमको संगीत पैदा भएर तरंगित भइरहेको हुन्छ।

रामपुर नगरपालिकाभित्र वाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीत सम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ। खास गरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको संगीत पैदा भइरहेको हुन्छ।

दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने संगीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ। त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी संगीत सुन्न पाइयो भने त्यसले अझै सार्थकता पाउँछ र गहिरोसँग संगीतले हृदयमा छाप छोड्छ। त्यही बाहिरी संगीत अथवा धुन कालान्तरमा गएर अतीतको स्मरणमा सहयोगी सावित हुन्छ।  

प्रकाशित: १० श्रावण २०८० ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App