२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

देवताको खोजी

कविता

हामी ढुंगालाई देवता बनाउने यत्नमा छौं

सिसामा टल्किरहेका बत्तीहरूलाई

औंलाले आकार दिइरहेका छौं

र,आँखाभित्र टाँगिंरहेका छाैं

आधुनिकताको पर्दा।

ढुंगालाई छिनभरमै हामी देवता देख्छौं

र,मन मनै सजाएर

टाँस्छौ फोटोफ्रेम भर्चुअल भित्ताहरूमा,

अनि शुरू गर्छौं

भगवानको स्तुतिगान।

कुनै न कुनै बेला चिप्लिन्छ र खस्छ

सिसाभित्रका भर्चुअल भित्ताहरूमा टाँगिएको तस्वीर

र,चकनाचुर बन्छ देउताप्रतिको आस्था।

बौरिएर हामी सिन्काले कोट्याउन शुरू गर्छौ

ढुंगाका कापहरूमा,

अन्ततः

ढुंगालाई ढुंगा नै सावित गर्दै

आत्मालोचना गर्छौ

र,पुनः हामी नयाँ देउताको खोजमा लाग्छौं

हाम्रो मनोदशा यस्तै बनिरहेको छ आजभोलि

लड्न पठाएर नानीहरूलाई

बन्द कोठाभित्रै

डिजिटल युद्ध

हामी अभ्यासरत छौं,

आधुनिक सदीको मान्छे बन्न।

हिजोआज हामी

संवेदनाहरू गुमाएर  

जीवन कम बाँचिरहेका छौं।

प्रकाशित: ६ श्रावण २०८० ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App