३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘एक पोल्टो बादल’माथि अन्तरक्रिया

लघुकथा समाज नेपालले लघुकथाकार रेणु अधिकारी ‘मौनता’ को लघुकथासंग्रह ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया गरेको छ।

लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्न त्यति नै कठिन हुने बताए। उनले लघुकथा लेख्न सजिलो नहुने बताउँदै कथामा जस्तै लघुकथामा पनि आख्यान तत्त्व हुनुपर्नेमा जोड दिए।

साहित्यकार तुलसीहरि कोइरालाले कृतिमा सङगृहीत कथाहरूको चर्चा गर्दै पहिलो कृति भए पनि अधिकारीका लघुकथा मन छुने खालको बनेको बताए। तथापि उनले लेखकलाई लेखनमा केही सुधार गर्न सुझाए।

निबन्धकार तथा लघुकथाकार श्रीबाबु कार्कीले कृतिमाथि टिप्पणी गर्दै अधिकारीका लघुकथाहरूमा वर्तमान समाजको चित्र कोरिएको बताए। उनले कृतिमा देखिएका केही कमीकमजोरी पनि औंल्याए।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, भाषा आयोगका सदस्य तथा लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क, समाजका सल्लाहकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार अधिकारी र तारा केसीले बोलेका थिए।

प्रकाशित: ५ श्रावण २०८० ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App