१२ असार २०८१ बुधबार
image/svg+xml
कला

पूर्वराष्ट्रपति भण्डारीले हेरिन् चलचित्र ‘बगान’

फाइल तस्बिर

एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छिन्।

मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेको प्रतिक्रिया दिइन्। पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'चलचित्र राम्रो बनेको रहेछ। कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ।'

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी थिए।  

प्रकाशित: ३ श्रावण २०८० ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App