२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भानुभक्तले समाजलाई भाषिक एकतामा आबद्ध गराए : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उनले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट नेपाली समाजलाई असाधारण हिसाबले भाषिक एकतामा आबद्ध गराएको बताएका हुन ।उनले नेपाली जनतालाई भाषिक एकतामा ल्याएर मुलुकको एकीकरणमा पनि भानुभक्तले योगदान पुर्‍याएको बताए।‘उहाँको योगदान कुनै पनि कुराले कमजोर हुन सक्दैन। उहाँको योगदानलाई अवमूल्यङ्कन गर्न सक्दैनौँ। उहाँको मूल्याङकनलाई घटाएर हेर्न सक्दैनौँ’, उनले भने।

नेपाली भाषामा रामायणमा उल्लेख गरिएको भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥याएको उनको भनाइ थियो।अध्यक्ष ओलीले भानुभक्तका रचनामा प्रगतिशीलता, समाज सुधारको उद्घोष, आह्वानजस्ता कुरा नभए पनि रामायण काव्यको प्रभावले भानुभक्तले नेपाली समाजलाई जगाउने गुण लगाएको बताए।उनले भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले गर्दा अहिले राज्य कमजोर भएको बेला भक्तिरस र नैतिक रस हराएको बताए।

भानुभक्तका रचनामा समाजलाई मूल्यमान्यता, थिति, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिएको अध्यक्ष ओलीको धारणा थियो। बधुशिक्षाजस्ता काव्यको रचना गर्नु भानुभक्त आचार्यका लागि शोभनीय नभएको भन्दै उनले भानुभक्तका अरु कतिपय कृति पनि त्यति भाषाशैलीका हिसाबले भानुभक्तलाई सुहाउने किसिमको नभएको बताए।

‘भानुभक्तका रचनाको विश्लेषण गर्दा समाजका प्रचलित कुरालाई बोकेर समाजलाई परितर्वन गर्न सकिँदैन। भानुभक्तका रचनामा समाज परिवर्तनका अग्रगामी सन्देश त्यति पाइँदैन’, उनले भने, ‘यथास्थितिका काव्य पाइन्छन। परिवर्तनका सन्देश, सुधारका सन्देश त्यति पाइँदैन। असन्तुष्टि, पीडा छ। विद्रोह कम छ।’अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था र आवश्यकता आएको बताए।कार्यक्रममा अनेमसङ्घका अध्यक्ष टुका हमालले भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेकी थिइन ।  

प्रकाशित: २९ असार २०८० १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App