४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

इन्द्रधारा विष्टको ‘मुस्ताङे नानी’ गीत सार्वजनिक

मुस्ताङे नानी गीतको छायाँकनको क्रममा लिईएको तस्बिर। तस्बिरः एसटु प्रोडक्सन ।

चारैतिर हेर्दा प्राकृतिक सौन्दर्यता छ। प्राकृतिक भूबनोटले सौन्दर्यतालाई झल्काईदिएको छ। चारैदिशामा फरक फरक सौन्दर्य देख्न पाईन्छ। हिमाली दृष्य एकातिर छ। अर्कोतिर माटोको संसारिक बनोट देख्न सकिन्छ। माटो पनि रंगीविरङ्गी देखिन्छ। घरहरुको बनावटले पनि प्रकृतिको उपहार नै उपल्लो मुस्ताङ हो भन्न करै लाग्छ।  

पछिल्लो समय मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ छायाँकनस्थल बन्दै गएको छ। म्युजिक भिडियोदेखि चलचित्रसम्म छायाँकन लोमान्थाङमा हुने गरेको छ। हिमालपारीको जिल्ला त्यसमा पनि माटोको बस्तीसँगैको गाँउको ल्याण्डस्केप क्यामेरामा कैद गर्नेको धुईरो लाग्ने गरेको छ। लोमान्थाङ पुगेर फर्किएपछि त्यहाँको भौगोलिक बनावटले जीवनकै अविष्मरणीय यादलाई मानसपटलमा सधैं सम्झाई रहन्छ।  

केहीदिन अघि मात्रै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको शैली र भेषभुषा तामाङ सेलोमा आधारित मुस्ताङे नानीको भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियोले लोमान्थाङको ल्याण्डस्केप मात्रै नभई त्यहाँको प्राकृतिक र भौगोलिक सौन्दर्यतालाई आम दर्शक सामु छर्लङ देखाईदिएको छ। हिमाली जिल्लाको रहनसहनलाई समेत चित्रित गरिएको छ।  

गीत लोमान्थाङकै इन्द्रधारा विष्टले लेखेका हुन्। गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्ट गीत संगीतमा औधी रुची राख्छन्। त्यसैले उनले आफैंले गीत लेखेर संगीत भरे। उनको गीत र संगीतलाई एसटु प्रोडक्सनले म्युजिक भिडियो बनाउँदै आम दर्शक समक्षलाई ल्याईदिएको छ। प्रोडक्सनकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। किमी छ्योक्योङ गुरुङले निर्माण गरेका हुन्। गीत विश्व दोङले स्वर दिएका छन्।  गीतमा वरिष्ठ नृत्य निर्देशक सुवास राई र रिक्साङ गुरुङको लोभलाग्दो अभियन देख्न र हेर्न पाईन्छ। बिष्टले यो गीत दुई बर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेट्दै सार्वजनिक गरिएको हो।  

गीतमा मुस्ताङको चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ। गीतले खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए। यसअघि लोमान्थाङमै बसम र हिमाल पारी लोमान्थाङ गाउँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेश्रो गीत हो। आमा तिम्रो बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको विष्ट सुनाउँछन्। रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा, छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले नृत्यको अभिनय गरेका छन्।  

प्रकाशित: २९ असार २०८० १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App