५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

कला जीवनको अभिन्न पक्ष हो: गृहमन्त्री श्रेष्ठ

तस्बिर :प्रसन गुरुङ/ नागरिक

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरूको प्रतिबिम्ब भएको बताएका छन।

आज काठमाडौंमा नेपालस्थित बङ्गलादेशी दूतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।

उनले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताए। मन्त्री श्रेष्ठले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्ने बताए। उनले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको समेत जानकारी गराए।

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ। मेलामा नेपाल र बङ्गलादेशबिचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरू प्रदर्शन गरिनेछ। 

प्रकाशित: ८ असार २०८० १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App