२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

धरानमा पनि मेयर साम्पाङले राेके 'आदिपुरूष' काे प्रदर्शन

फाइल तस्बिर

धरान उपमहानगरपालिकामा पनि भारतीय चलचित्र 'आदिपुरूष'को प्रदर्शनमा रोक लगाइएको छ। उक्त उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा स्टाटस राख्दै धरानमा 'आदिपूरुष'को प्रदर्शन नगर्न आग्रह गरेका हुन्।  

उनले लेखेका छन्,, 'धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !'

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।  

'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म काठमााडौं र पोखरा महानगरपालिकाले चलचित्र हलमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाएको हो। मेयर साम्पाङले भने 'आदिपुरूष' मात्र प्रदर्शन नगर्न भनेका छन्। अन्य भारतीय फिल्मकाबारेमा बोलेका छैनन्। उनले किन भन्ने नखुलाएपनि उक्त चलचित्रमा 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली कै कारण उत्पन्न परिस्थितिलाइ मध्यनजर गर्दै चलचित्र प्रदर्शनमा राेक लगाएकाे बुझिएकाे छ।

काठमाडौँ महानगरपालिकाका हलहरूमा आजदेखि भारतीय चलचित्र चलेका छैनन्। मेयर बालेन शाहको निर्देशनपछि हल संचालकहरूले चलचित्र प्रदर्शन रोकेका हुन्।

प्रकाशित: ४ असार २०८० ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App