१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

सत्ता र शक्तिको ‘अ’राजनीति बजारमा

पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति’पुस्तक बजारमा आएको छ। साङ्ग्रिला मिडिया ग्रुप प्रालिले बजारमा ल्याएको पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदमका साथै नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा पुस्तकमा समेटिएका छन्।

पछिल्लो निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दापछाडि भएका गुप्त भेट र सम्झौताहरूको पनि पुस्तकले उजागर गरेको छ। पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोका केकसरी भयो भन्ने उल्लेख गरिएको छ। पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सबाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयन् उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ। ६ सय ७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App