२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पैसाको किनबेच गर्ने आमा

संघर्ष

‘काठमाडौंमा व्यापार गर्ने व्यवस्थित ठाउँ कहीं छैन। मान्छे नभएको खुला चौरमा गएर बेच्नुभएन। जहाँ मान्छे त्यहीं व्यापार हुने हो तर यहाँ नगरप्रहरीसँग जोगिएर काम गर्न गाह्रो छ,’ वीर अस्पतालछेउको फुटपाथमा पैसाको व्यापार गर्ने कृष्ण हमाल भन्छिन्।

काठमाडौंस्थित रत्नपार्कको चारफुटे बाटोको एक कुनाबाट आवाज आइरहेको थियो। ‘नानी टोपीवाला पैसा लैजानुस्, पुराना क्यापवाला पैसा हेर्न आउनुस्, हेरेको पैसा पर्दैन’ भन्दै उनको आवाज गुन्जिरहेको थियो। रत्नपार्कस्थित अस्पताल ट्रमा सेन्टरको पेटीमा बसेकी मसिनो उनको स्वरलाई गन्तव्यतिर लागि रहेका मानिसहरूको भिडले र गुडिरहेका सवारी साधनको आवाजले थिचिरहेको थियो। पैदलयात्रीहरूको धुन भने आफ्नै तालमा थिए। गन्तव्य प्रस्थान भइरहेका मानिसहरूको धुनलाई आफूतिर आर्कषण गर्नु पुराना पैसा बेच्दै गरेकी आमाको उद्देश्य थियो।

‘काठमाडौंमा व्यापार गर्ने व्यवस्थित ठाउँ कहीं छैन। मान्छे नभएको खुला चौरमा गएर बेच्नुभएन। जहाँ मान्छे त्यहीं व्यापार हुने हो तर यहाँ नगरप्रहरीसँग जोगिएर काम गर्न गाह्रो छ,’ वीर अस्पतालछेउको फुटपाथमा पैसाको व्यापार गर्ने कृष्ण हमाल भन्छिन्।

कालीकोट स्थायी घर भएकी उनी हाल काठमाडौंस्थित हनुमानढोका बस्दै आएकी कृष्ण हमाल हुन्। वर्षौंअघि पेसाले उनी खेती किसानी गर्थिन् भने हाल उनी पुराना पैसाको व्यापार गर्दै आएकी छिन्। उनको साथमा पुराना राजाका पालाका सिक्कादेखि एक, दुई, पाँच र दशका पुराना नोट वीरेन्द्र शाहका पालासम्मका थिए। नेपालको पुराना राजाका पालाको पैसा मात्र नभई भारत, पाकिस्तान, म्यानमारलगायत अन्य थुप्रै देशका पुराना पैसा उनी बेच्दै थिइन्। उनको आम्दानी कहिले सुको हँुदैनथ्यो भने कहिले हजारसम्म कमाउन सफल हुन्थिन्। काठमाडौं महानगरपालिकाले निरीक्षण गरेका बखत उनको आम्दानी नहुने बताइन्।

उनको भाषामा टोपीवाले पैसा किनिदिनुस् भन्दै फुटपाथमा कराइरहेकी हुन्थिन्। करिब ६ दशक पुग्न लागेकी उनी २०६३ सालतिर बालबच्चा बोकी काठमाडौं आएकी हुन्। बढ्दो महँगीमा काठमाडौंको बसाइँ पीडादायी रहेको उनी गुनासो गर्छिन्। ‘धेरै वर्ष पहिले बाढीले हाम्रो खेतबारी सबै बगायो। घर र गोठमा भएका गाईबाख्रा पनि सबै बाढीले बगायो। त्यसपछि हामी परिवार नै काठमाडौं आयौं। काठमाडौं आएपछि विभिन्न काममा हात पनि हालियो। छोराछारीलाई खुवाउनु मात्र होइन, पढाउनु पनि पर्‍यो,’ उनी दुखेसो पोख्छिन्।

हामीले बेचेका सामान खुसी भएर किन्छन् तर फुटपाथमा बस्ने भएकाले हामीलाई नमिठो व्यवहार गर्छन्। उनको सबैभन्दा ठुलो गुनासो हामी गरिबले पनि व्यापार गर्न पाउनुपर्छ भन्नेमा थियो। उनी भन्छिन्, ‘इमानको कमाइ र मिहिनेतको रोटी खाने हामीमाथि ज्यादै नराम्रो व्यवहार गरिन्छ।’

उनको ध्यान गन्तव्यतिर लागि रहेका मानिसप्रति मात्र नभई काठमाडौं महानगरपालिकाले आफ्नो सामान नै उठाइदेला कि भन्ने ठुलो पिरले चिन्तित पनि देखिन्थिन्। ‘काठमाडौंमा व्यापार गर्ने व्यवस्थित ठाउँ कहीं छैन। मान्छे नभएको खुला चौरमा गएर बेच्नुभएन। जहाँ मान्छे त्यहीं व्यापार हो,’ उनी भन्छिन्, ‘तर यहाँ नगरप्रहरीसँग जोगिएर काम गर्न गाह्रो छ। पुरानो पैसा व्यापार गर्न थालेको त वर्ष दिन पनि बितेको छैन। यो व्यापार सुरु गर्नुभन्दा पहिला मकै पोल्न थालें। विभिन्न तरकारीहरू संकलन गरी बेच्न थाले।’

उनले फेरी थपिन्, ‘जुनसुकै बेला पनि नगर प्रहरीले दुःख दिएको हुँदा त्यो व्यापार पनि छोडिदिए। ठुलो अपराध गरेजस्तो गर्छन्। यहाँ नबसे पेट भरिन्न।’

नगरप्रहरी आएपछि भाग्न त सम्भव हुँदैन, घेरा हालेर समाउँछन्। तरकारी व्यापार गर्दा कैयांै पटक सामान लगिदियो। नगरप्रहरीले समाएपछि त आत्मसमर्पण नै गर्ने हो, रोएर कराएर केही जोर र उपाय नलाग्ने उनी बताउँछिन्।

ठुलो छोरो भारतमा आफ्नै परिवारसँग छ। उसले कमाएको उसको परिवार हेर्दै ठिक्क हुन्छ। दुई छोरीहरू आफूसँगै छन्। कोठाभाडा र खानलाई पनि यो काम नगरी सुखै छैन। छोरीहरूलाई सानोतिनो जागिर खुवाऊँ न त भन्दा पनि पहुँच आफ्नो छैन। उनीहरूलाई पढाउन पनि धेरै सकिएन।

नगरप्रहरी आएपछि भाग्न त सम्भव हुँदैन, घेरा हालेर समाउँछन्। तरकारी व्यापार गर्दा कैयाै पटक सामान लगिदियो। नगरप्रहरीले समाएपछि त आत्मसमर्पण नै गर्ने हो, रोएर कराएर केही जोर र उपाय नलाग्ने उनी बताउँछिन्।

गाउँ फर्केर जाऊँ भने बस्ने घर छैन। घर बनाएर बस्न मिल्ने जमिन पनि छैन। गाउँ गएर अधियाँ गरेर खाऊँ भने पनि गाउँबाटै ‘खेती गरेर फाइदा भएन’ भनेर मान्छे यतै आउँदै छन्।

महँगीले आकाश छोएको छ। आफूले जन्म दिएका छोराछारी त पराइ हुन्छन्। पराइको छोरासँग बिहे गरेको श्रीमान् कहाँ आफ्नो हुन्छन् र? होलान् कसैको तर त्यो विरलै मात्र हो।

 पैसा कमाएर लग्यो भने बुढो खुसी। संसारमा पैसा छ, सब चिज छ, पैसा छैन, केही छैन। श्रीमान्को कुरा नगर नानी मलाई भन्दै एक ग्राहकलाई २० वटा २५ पैसाका सिक्का सय रूपैयाँमा बेचिन्। पुरानो नोट र सिक्का विभिन्न साहुमार्फत किनेर ल्याउँदै बेच्ने गरेको उनले बताइन्। टोपीवाला पैसा भन्दै वीरेन्द्र शाहको तस्बिर भएको एक रूपैयाँ नोटको एक सय पचास-सय गर्दै ५० मा पनि बेच्दै थिइन् उनी। छिन छिनमा उनी गीत पनि गुनगुनाउँदै दुई रूपैयाँको नोटलाई दुई सय, तीन सय र पाँच रूपैयाँको पुरानो नोटलाई झन्डै ४-५ सय हो बाबु लैजानुस् भन्दै कराइरहेकी थिइन्।

महँगीले आकाश छोएको छ। आफूले जन्म दिएका छोराछारी त पराइ हुन्छन्। पराइको छोरासँग बिहे गरेको श्रीमान् कहाँ आफ्नो हुन्छन् र? होलान् कसैको तर त्यो विरलै मात्र हो।

उनलाई अन्य देशको नोटले बोझ गराइरहेको थियो। उनी अन्य देशको पैसा नियाल्न सक्दिनथिन्। ग्राहकले भारतलगायत अन्य देशका नोट देखाउँदै यो कति पर्छ भनी सोध्यो भने उनी आफै प्रश्न गर्थिन्-त्यो कतिको नोट हो बाबु? विदेशी हो भने त त्यो महँगो पर्छ भन्थिन्। उनी साह्रै सोझी थिइन्। इमान्दारीका साथ त्यो विदेशी पैसा कति हो तिमी भन, म नेपाली पैसामा भन्छु भन्दै ५-७ सय लगाउँथिन्। यदि ठग्ने प्रवृत्तिका मानिस आए भने ती आमालाई सहजै ठग्न सकिन्छ।

गाउँको जग्गा बेचेर केही गरौं न त भने त्यो पहिरोले लगेको ठाडो भिर कसले किन्छ? अलिकति पुँजी भए पनि त सटरभित्रै आनन्दले केही व्यापार गर्न हुन्थ्यो, त्यो पनि छैन। त्यसैले यही दुई चार सयको व्यापार गरेर जीवन गुजार्नुपरेको हो। सटरमा बसेर भाडा तिर्न सकिँदैन। सानो लगानीको व्यापारमा महँगो भाडा तिरेर कति कमाउने, कति बचाउने? नुन तेलको खर्च केले पुर्‍याउने? अहिले त नगरप्रहरी मात्रै होइन, सिभिल प्रहरी पनि सडकमा बसेर व्यापार गरेको देखिसहँदैन। गरिब हुन्, गरिखाऊन् न त भन्ने भावना कसैमा पनि छैन।

सहरका गरिबसँग विकल्प छैन, त्यसैले सामान नै जफत हुँदा पनि उनीहरू पटक पटक महानगरको ज्यादती सहँदै सडकपेटीमै बस्छन्। तर, महानगर सडकका यी निमुखालाई विकल्प दिनुभन्दा लाञ्छित गर्दै लखेट्न नै अग्रसर छन्।

सडकमा हिँड्नेलाई अप्ठेरो हुन्छ भन्ने सहजै हामीले पनि बुझेका छौं। हामीले बेचेका सामान किन्ने त यहाँका धनीहरू नै हुन्। हामीले बेचेका सामान खुसी भएर किन्छन् तर हामी फुटपाथमा बसेकाले नमिठो व्यवहार गर्छन्। उनको सबैभन्दा ठुलो गुनासो हामी गरिबले पनि व्यापार गर्न पाउनुपर्छ भन्नेमा थियो। उनी भन्छिन्, ‘इमानको कमाइ र मिहिनेतको रोटी खाने हामीमाथि ज्यादै नराम्रो व्यवहार गरिन्छ।’

सडकमा हिँड्नेलाई अप्ठेरो हुन्छ भन्ने सहजै हामीले पनि बुझेका छौं। हामीले बेचेका सामान किन्ने त यहाँका धनीहरू नै हुन्। हामीले बेचेका सामान खुसी भएर किन्छन् तर हामी फुटपाथमा बसेकाले नमिठो व्यवहार गर्छन्।

उनी चियाको चुस्की लिँदै पुरानो पैसा बेच्दै नयाँ पैसा लिनमा व्यस्त थिइन्। उनीसँग सिक्का पैसा र एक रूपैयाँ, दुई रूपैयाँ धेरै थिए। हाल यी पैसाको प्रचनल रहेको छ्रैन। वीरेन्द्र शाहको वंशनास सँगसँगै यी सानो मूल्यवान् नोटहरू सेलाएर गएका छन्।

अन्तिम पटक यस नोटमा राजा वीरेन्द्रको तस्बिर अंकित गरेर सार्वजनिक भएको थियो। प्रायः मानिसहरूले वीरेन्द्र राजाको पालाको पैसा भन्दै बोकिएका पर्सहरूमा मायाले सजाएका हुन्छन्। कतिले त घरको दराजमा सजाएर तथा पुराना पैसाको फोटो एल्बमसमेत बनाएर राखेको पाइन्छ। अहिले वीरेन्द्रको नोट, महँगोमा किनबेच भइरहेको छ।

ज्ञानेन्द्र शाह राजा भएपछि नयाँ नोटमा ज्ञानेन्द्रको फोटो छापिन थालेको थियो। राजा ज्ञानेन्द्रकै पालामा पूर्वराजाहरूको फोटो भएका नोट खिचेर थन्क्याउन र नयाँ राजा छापिएका नोटहरू मात्र बजारमा पठाउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको दुई दशक भयो।

गणतन्त्र स्थापनापछि नेपाली नोटमा राजाको सट्टा सगरमाथाको तस्बिर राख्न थालेको, सगरमाथाको तस्बिर छापिएपछि राजा अंकित नोटहरू खिच्ने र नष्ट गर्न थालेको पनि दर्जन वर्ष नाघिसक्यो।

पुराना नोटहरू ऐतिहासिक अभिलेख राख्नेहरूले बढी मूल्य तिरेर पनि किन्ने र राख्ने प्रचलन विश्वभर नै छ। नेपालमा पनि राजा वीरेन्द्र भएको धेरै मूल्यका नोटहरू धेरै मूल्यमा नै किनबेच हुने गरेको हामीले अनौपचारिक रूपमा सुनेका छौं।  

प्रकाशित: २७ जेष्ठ २०८० ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App