२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

दृश्य एक परिदृश्य अनेक: पिँजडाको चरा

अनुभूति

मैले कतै पढेको थिएँ-एक जना पसलेले मिठो बोल्ने सुँगा पालेको थियो। उसको बोली यति मिठो थियो कि, उसका कुरा सुन्नैका लागि भए पनि मान्छे केही न केही किन्ने बहानामा पसलेकहाँ छिर्थे।

एक दिन पसले जरुरी कामले कतै जानुपर्ने भयो। सुगाको जिम्मा लगाएर पसले निस्कियो। सुगाको पँखेटा काटिएका थिए, त्यसैले ऊ धेरै उड्न सक्दैनथ्यो। त्यसमाथि ऊ यो पसलको मियो हुन थालेको पनि वर्षौं भइसकेको थियो। ढुक्क भएर सुगालाई पसल जिम्मा लगाउन थालेको निकै भइसकेको थियो।

मैले कतै पढेको थिएँ–एक जना पसलेले मिठो बोल्ने सुँगा पालेको थियो। उसको बोली यति मिठो थियो कि, उसका कुरा सुन्नैका लागि भए पनि मान्छे केही न केही किन्ने बहानामा पसलेकहाँ छिर्थे।

केही बेरमा एउटा मुसा खेदाउँदै बिरालो पसलभित्र छिर्‍यो। बिरालो देखेर सुगा डरायो। सुगालाई देखेपछि बिरालोले मुसो बिर्सियो र सुगालाई झम्टन थाल्यो। सुगा ठुटे पखेटा फटफटाउँदै आफू जोगिन थाल्यो। यता र उता गर्दागर्दै दुर्घटनावश पसलमा राखिएको सबैभन्दा महँगो इत्रको बोतल प्याट्ट फुट्यो। छेउको अर्को एउटा महँगो पिठोमा ऊ ढुन्मुनियो। अब त यो सुगा हो कि अन्य कुनै चरो, छुट्याउनै गाह्रो भयो।

आफ्नो मालिकको यत्रो हानि पु¥याएकोमा सुगा साह्रै दुःखी भयो, ग्लानिले खुम्चियो।

यति नै बेला उसको मालिक पनि पसलमा टुप्लुक्क आइपुग्यो। छिर्नेबित्तिकै बोतलहरू फुटेको, पिठो छरिएको र पिठोमा लटपटिएको सुगा देखेर पसले साह्रै रिसायो। यति रिसायो कि सुगाको टाउकोका रौं नै उखेलिने गरी तान्यो। जुन जुल्फीमा सुगाले गर्व गथ्र्यो, त्यही उखेलिएकामा ऊ बडो दुःखी भयो।

यसै पनि मालिकलाई नोक्सान पारें भनेर दुःखी भएको सुगा मालिकले आफूलाई तालु नै हुने गरी दण्ड दिएकामा झन् बढी दुःखी भयो। यसपछि उसले बोल्न छाडिदियो।

सुगाले चित्त दुखाएपछि पसलेलाई पनि मनमा शान्ति हुन छाड्यो। आखिरमा जानीजानी गरेको बिगार त थिएन ! किन यसै रिस पोखें भन्ने पछुतो पसलेलाई लाग्यो।

सुगा बोल्न छाडेपछि स्वभावतः पसलेकहाँ किनमेलसँगै सुगा हेर्न आउनेको कमी हुन थाल्यो। व्यापार आधाभन्दा बढीले घट्यो।

अपराधबोधका कारण पसलेले उसलाई जंगलमा छाडिदिन खोज्यो तर सुगा त्यागिन मानेन। उसले आफूले गरेको ‘पाप’ पखाल्न पसलमा छिर्ने दीनदुःखीहरूलाई सक्दो सहयोग गरी पठाउने गर्न थाल्यो।

सुगाले चित्त दुखाएपछि पसलेलाई पनि मनमा शान्ति हुन छाड्यो। आखिरमा जानीजानी गरेको बिगार त थिएन ! किन यसै रिस पोखें भन्ने पछुतो पसलेलाई लाग्यो।

पसलेको दानका बारेमा सुनेर एक दिन एउटा जोगी पसलमा छिर्‍यो। जोगीको तालु चिण्डे थियो। चिण्डे जोगी देखेर सुगा बेस्कन हाँस्यो। यति हाँस्यो कि मुर्छै परूँलाझैं गर्‍यो।

‘किन हाँसिस् हँ, पट्टु?’ गुरुबाले सोधे।

‘तिमीलाई पनि साहुजीले तालुमै हानेछन्!’

त्यसरी बेस्कन हाँसेका दिनदेखि सुगाको पुरानै दिनचर्या सुरु भयो। पसलेले पनि सुगालाई माया गर्न थाल्यो। कहिलेकाहीं पसले पसल बन्द गरेर गाउँदेखि अलि पर वनसम्म सुगालाई घुमाउन लैजान थाल्यो, ताकि सुगाले माफ गरोस्।

गत शनिबार हामी तारेभिरसम्मको यात्रामा निस्कँदै गर्दा एक जना महिलाले पिँजडामा एक जोडी रङ्गीन भँगेरालाई बोकी हिँडेको देखेपछि झस्स मनमा लाग्यो-यी महिलालाई के अपराधबोधले पिँजडासहित वन घुमाउने रहर लाग्यो होला? कि उनको अपराधबोध हाम्रो  भ्रम मात्र हो? ती महिलासँगै एउटा बालक थियो। अलि पर उनको लोग्ने फोनमा व्यस्त थियो। उनले पिँजडाका जोडीलाई बडो जतनसाथ बोकेकी थिइन्।

यो एउटा खतरनाक बिम्ब थियो-संसारका सारा जञ्जालमा कैद भएका मनुष्यहरूले पिँजडामा कैद भएका एक जोडी भँगेरालाई वनको ताजा हावा खुवाउन निस्केका थिए। घरमा एक्लै नपरून् भनेर सप्ताहन्तको सुख लिन निस्केका परिवारले त्यो सुख चरालाई पनि दिन वनतिर लागेका थिए। वनका चरीलाई समातेर पिँजडामा कैद गरी वनमै घुमाउन लैजानुजस्तो खतरनाक विम्ब सायदै केही होला।

यो एउटा खतरनाक बिम्ब थियो–संसारका सारा जञ्जालमा कैद भएका मनुष्यहरूले पिँजडामा कैद भएका एक जोडी भँगेरालाई वनको ताजा हावा खुवाउन निस्केका थिए।

हप्ताभरिको दौडधुपयुक्त कैदबाट मुक्त हुने भ्रममा एक बिहान ताजा हावा खान निस्केका थियौं। एक छिन त बहस नै भयो-को बढी कैदमा छ, भँगेराका जोडी कि हामी? कसलाई बढी चिन्ता छ, भँगेराका जोडीलाई कि हामीलाई? को बढी सुखी छ, हामी कि पिँजडाका चराहरू?

त्यो सप्ताहन्तको यात्रा सकिएपछिका अन्य कयौं दिनपछि पनि एउटा अन्त्यहीन बहस जारी रहिरह्यो हामीबीच...

प्रकाशित: २७ जेष्ठ २०८० ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App