२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

राजधानीमा चेतन कार्कीको स्मरण गरियो

चेतन कार्की प्रतिष्ठानले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पुण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा गर्‍यो।

चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभा अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले चेतन कार्कीको योगदानको विशेष चर्चा गरे।

कार्यक्रममा चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गंगा कार्की, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसी, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, वरिष्ठ गायक प्रेमराजा महत, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ साहित्यकार उषा शेरचन लगायतले पनि चेतन कार्कीको योगदानबारे बोलेका थिए।

चेतन कार्की प्रतिष्ठानले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पुण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा गर्‍यो।

कार्यक्रममा चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव मुरारि सिग्देलले गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलालाई चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएकोमा टीका, माला लगाएर बधाई-ज्ञापन गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानले ‘चेतन कार्की सर्जक पुरस्कार’को स्थापना गर्ने, स्मृतिग्रन्थ प्रकाशन गर्ने पनि जानकारी गराइएको थियो।

कार्यक्रममा प्रतिष्ठानकी  सल्लाहकार वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीला, वरिष्ठ कलाकार चैत्यदेवी सिंह,  प्रतिष्ठानका सचिव रितु कंडेल, कोषाध्यक्ष पंकज कार्की, सदस्यहरू राधेश्याम लेकाली, दिव्य गिरी, प्रमाश्री कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ  साहित्यकार सर्जकहरू प्रदीप बमजन, शरद प्रधान, रविन्द्र खड्का, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, शंकर भारती, प्रद्युम्न जोशी, भीष्म उप्रेती, सुशीला देउजा, प्राडा सुमन ढकाल, अश्विन कोइराला, विजय सागर (भैरहवा), राजेश ढुंगाना (झापा), प्राडा गोविन्दमान सिंह कार्की, निर्मलरमण पराजुली, राजेश खनाल, प्राज्ञ सुभद्रा भट्टराई, पूजा आराधना (विराटनगर), मन्जु गिरी (मोरङ), डा. बुनु दाहाल, डा. शान्ति गिरी, गीता अधिकारी, प्रकाश घायल लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै विजयध्वज थापा, नीता श्रेष्ठ, उषा केसी, राज रजक, विक्रमभक्त जोशी, विनोद नेपाल, देविका तिमिल्सिना, शान्ति शर्मा, धीरकुमार श्रेष्ठ, तारा केसी, रेणु अधिकारी, रत्नलक्ष्मी श्रेष्ठ, बीना पोखरेल, कृष्ण खनाल, सुदर्शन श्रेष्ठ, वरिष्ठ छायाकार मन्जुकुमार श्रेष्ठ, वरिष्ठ सिगांर आर्टिस सन्तु तामाङ, विजय जिरेल, लक्ष्मी अप्सरा पाण्डे, सिर्जना दाहाल, अमला महर्जन, चिरिमाया महर्जन, रश्मी थापा, शोभा गौतम लगायतको  पनि उपस्थिति रहेको थियो।

प्रकाशित: ३ जेष्ठ २०८० ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App