२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डा.विदुर चालिसेको ’लघुकथाकल्प’को लोकार्पण

नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट समालोचक डा. विदुर चालिसेको ’लघुकथाकल्प’ कृतिको लोकार्पण गरेको छ।

भाषाविद् एवं वरिष्ठ व्यक्तित्व प्राडा माधवप्रसाद पोखरेलले उक्त पुस्तकको लोकार्पण गरेका थिए।

नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समालोचकत्रय डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी र  डा. शंकरप्रसाद गैरेले विमोचित कृतिको समालोचना गरेका थिए।

नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट समालोचक डा. विदुर चालिसेको ’लघुकथाकल्प’ कृतिको लोकार्पण गरेको छ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले लघुकथाकल्पमा भाषा विज्ञानको पुस्तकका लेखकले भाषाविज्ञान अध्ययनको आफ्नो प्रभावलाई समावेश गरेर लेखिएको हुँदा अन्यभन्दा लघुकथाकल्प (लघुकथन संसक्तिको आधार, आकांक्षा र शक्ति) पृथक र विशिष्ट पुस्तक भएको उल्लेख गरे।

प्रमुख अतिथि पोखरेलले लघुकथाको क्षेत्रमा यो नयाँ सैद्धान्तिक उपलब्धिको रूपमा नौल्याइँ भएर आएको विविध विशेषता बोकेको पुस्तक भएको पनि बताए।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा कुमारप्रसाद कोइरालाले लघुकथाकल्पमा नेपाली लघुकथाको क्षेत्रमा नवीन खोजपूर्ण इतिहास, सिद्धान्त र प्रायोगिक पक्ष समाविष्ट भएको बताए।

त्यस्तै कुथुङ्ग्रीका प्रयोक्ता, समालोचक पुष्कर लोहनी, वरिष्ठ साहित्यकारहरू: डा. श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ र कृष्ण बजगाईंले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा कुमारप्रसाद कोइरालाले लघुकथाकल्पमा नेपाली लघुकथाको क्षेत्रमा नवीन खोजपूर्ण इतिहास, सिद्धान्त र प्रायोगिक पक्ष समाविष्ट भएको बताए।

डा.विदुर चालिसेले लोकार्पित आफ्नो कृतिबारे बोल्दै आम पाठक आफ्नो गुरु भएको र आफूले पाठकसामु आफ्नो गृहकार्य राखेको बताए।

प्रतीक्षा पौडेलले सहजीकरण तथा आयुष बडाल र अमित प्रधानाङ्गले प्राविधिक संयोजन गरेको उक्त कार्यक्रममा प्राडा क्रिष्टोभ स्ट्रन्स्की (पोल्याण्ड ), डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी र डा. शंकरप्रसाद गैरेले पनि कृतिबारे बाेलेका थिए।

कार्यक्रममा सिर्जना शर्मा (गुवाहाटी, भारत),  डा.श्यामप्रसाद न्यौपाने, विजय चालिसे, डा.हिमलाल श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, अवधेश सिंह, विश्वराज अधिकारी, निर्मला बराल, बन्दना घिमिरे, दिनेश मैनाली, कमल पौडेल, नानीमाया अधिकारी, मित्र उराठी गौतम, मुरारी सिग्देल, सीता रेग्मी,  रोहिणी लोहनी, सुधा बास्कोटा ढकाल, अनु विज्ञाति, शिवहरि अधिकारी, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अनिल आचार्य, विष्णु भण्डारी, इन्दिरा चापागाईं, मन गहिरे, शेखर अर्याल, उर्मिला पन्त पाण्डे, सुरेशकुमार पान्डे, आयुष बडाल, प्रतीक्षा पौडेल, अमित प्रधानाङ्ग लगायतका लघुकथाप्रेमीहरूको उपस्थिति रहेको थियो।

नआलमका संस्थापक अध्यक्ष एवं लोकार्पण कार्यक्रमका सभाध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) ले कार्यक्रमको समापनको क्रममा बोल्दै नेपाली लघुकथाको उन्नयनमा नमस्ते आधुनिक लघुकथा मञ्चको काम विन्दुबाट सिन्धु बन्दै गएको बताए।

कृतिकाे प्रकाशन नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०८० ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App