४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

पृथ्वीलोक

लघुकथा

-मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन। कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू?

पृथ्वीलोक निवासी मान्छेहरूको बदलिंदो रूप र चरित्र देखेर ब्रह्माजी अचम्म मान्दै नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए,‘हे नारद! भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ जो स्वार्थी, बैगुनी, धूर्त, कुटिल केही नभएको होस।’

-हस् प्रभु!

आज्ञा शिरोपर गर्दै नारदमुनि पृथ्वी लोक हानिए।

चारैतिर चाहारे। देवदेवालय, अड्डा, अखडा, मन्त्रालय, न्यायालय सबैतिर धाए। जताततै  धूर्त, चोर र फटाहाहरू मात्र भेटे।

-मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन। कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू?

प्रत्येक मनुवाको  मन, मुटु  र नाडी छामे। सबै बैगुनी, स्वार्थी र कठोर मात्रै देखे। एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वी लोकबाट फर्किए।

ब्रह्माजीले नारद मुनिलाई निराश देखेर सोधे, ‘खै त नारद मान्छे?’

-कोही छैन प्रभु! हजुरले बनाउनुभएको मान्छेमा त खोटै खोट मात्र रहेछ। एउटै पनि गुण रहेन छ!

नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको मानवरूपी एउटा आकृति अगाडि सार्दै भने,‘ल लिनुस् यो यन्त्र मानव। मान्छेले बनाएको यो मान्छेभित्र ती बैगुनहरू छैनन् प्रभु!’

प्रकाशित: १६ वैशाख २०८० ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App