२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लघुकथाकाे ‘फरक सोच,फरक अभियान’

राप्ती नपा-१० स्वामीटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा नमस्ते आधुनिक लघुकथा मञ्च र लघुकथा चौतारी मकवानपुरको आयोजनामा लघुकथाकाे ‘फरक सोच,फरक अभियान’ कार्यक्रम भएको छ।

साहित्यकार मनिषकुमार शर्मा ‘समित’को प्रमुख आतिथ्यमा साहित्यलाई बन्द कोठा, भव्य सभा,पार्टी प्यालेस र सामाजिक सञ्जालबाट बाहिर ल्याएर आम सर्वसाधारण जनतासँग प्रत्यक्ष जोडिंदै आम मानिसलाई साहित्यसँग प्रत्यक्ष जोड्न र सामाजिक जनचेतनामा अभिवृद्धि गर्न ‘फरक सोच,फरक अभियान’ लघुकथा सुन्ने र सुनाउने कार्यक्रम भएको हो।

राप्ती नपा-१० स्वामीटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा नमस्ते आधुनिक लघुकथा मञ्च र लघुकथा चौतारी मकवानपुरको आयोजनामा लघुकथाकाे ‘फरक सोच,फरक अभियान’ कार्यक्रम भएको छ।

राष्ट्रिय माध्यमिक विद्यालयमा शोभा चेपाङ र कमलाकुमारी सुनुवारको हातबाट चुवा फूलको माला अर्पण गर्दै अभियानको पहिलो शृंखला सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रधानाध्यापक आसमान तामाङ, राप्ती नगरपालिका वडा न. १० का वडाध्यक्ष तेजबहादुर तामाङ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी र बौद्धिक व्यक्तिहरूको आतिथ्य रहेको थियाे।

मकवानपुरका स्रष्टाहरू किशन पौडेल, श्यामकुमार श्रेष्ठ, समीर पाख्रिन, तोयनाथ सुवेदी, विष्णुप्रसाद गौतम लगायत दर्जनौं स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

चितवन र मकवानपुरका स्रष्टाहरूले लघुकथाहरू वाचन गरेका थिए। स्थानीय स्वामिटार र खहरेका विभिन्न राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक आसमान तामाङ, भक्तबहादुर विक, दशरथ तामाङ र ज्ञामु गिरीलाई विभिन्न लघुकथा कृति हस्तान्तरण गरिएकाे थियाे।

नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता तथा मिठुकुमारी पाठक डल्लाकोटीको संचालनमा भएको कार्यक्रममा लघुकथाकार किशन पौडेलले लघुकथाबारे संक्षिप्त जानकारी दिएका थिए।

प्रकाशित: ६ वैशाख २०८० ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App