१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अमेरिकामा पनि नयाँ वर्ष २०८० मनाईयो

जिपी कोईराला फाउन्डेशनको आयोजनामा न्युयोर्क ज्याक्शन हाईट्स स्थित जुईस् हलमा नयाँवर्ष २०८०  एक विशेष समारोह एवं सांगितिक माहोलवीच  मनाइएको छ।

पण्डित उद्दव शास्री र गुरु उर्गेन लामाले नयाँ वर्षको शुभकामना मन्त्र पढेर सुरु गरीएको सो कार्यक्रममा सो क्षेत्रमा वसोवास गर्ने नेपाली समुदाय एवं न्युयोर्क नेपाली संस्कृतिप्रती चासो राख्ने र माया गर्ने स्थानिय समाजसेवी एवं राजनैतिक व्यक्तित्वहरूको वाक्लो उपस्थिति रहेको थियो। विभिन्न नेपाली समुदायका प्रतिनिधित्व गर्ने साँस्कृतीक कार्यक्रमले माहोललाई गर्माएको थियो। सो अवसरमा बोल्दै अमेरीकी कंग्रेसकी कंग्रेसओमेन माननिय ग्रेस मेगंले आफुलाई नेपाली समुदायको औधी माया लाग्ने र हर सुखदुखमा साथ र सहयोग दिन तत्पर रहेको र फाउन्डेशनको गतिविधिप्रती बधाई एवं धन्यवाद व्यक्त गरिन।

न्युयोर्कस्थित कार्यवाहक महावाणिज्य दुत  विष्णु प्रसाद गौतमले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै नेपाल र अमेरिका बिचको घनिष्ठ पारस्परिक सम्बन्ध रहेको र जिपिके फाउण्डेशन अमेरिकाले सबै समुदाय सॅंग हातेमालो गर्दै अत्यन्त प्रशंसनीय कार्य गरी रहेको र अमेरिकामा पनी समाजसेवामा समर्पित भै नेपाल र नेपालीलाई चिनाउन र अमेरिकी निर्वाचित पदाधिकारीहरू संघ, प्रदेश, नगर र स्थानीय तहमा एउटा पुलको भुमिका यस फाउण्डेशनले गरेको बताए।

यसैगरी न्युयोर्क राज्यका सिनेटर  जोन लुले आफुलाई फाउन्डेशन र नेपालीवीच भेटघाट गर्नपाउँदा आफ्नै घर आएको महशुस भएको वताउँदै नेपाल र नेपालीको नववर्षले उन्नति र प्रगती गरोस भनी शुभकामना व्यक्त गरे।

यसैगरी न्युयोर्क राज्यका अर्का सेनेटर माईकल जियानारिसले कोरोना कहरका बेला फाउण्डेशनले खेलेको भुमिकाको खुलेर प्रसंसा गरे। न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य माननिय जेनीफर राजकुमारले शुभकामना व्यक्त गर्दै नेपाली समुदाय न्युयोर्कमा मानवीय सहयोग एवं समुदायको हकहितमा अग्रणी मोर्चामा रहेकोमा आफुलाई गर्वलागेको वताउँदै उनले आफ्नो पहलमा न्युयोर्क राज्यमा सगरमाथा दिवस र दिवाली विदा दिनेजस्ता विशेष कार्यहरू सम्पन्न भएकोमा बधाई समेत दिए।

यसैगरी न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य  जेसिका गोन्जालेज रोहासले जिपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै नेपाल र नेपालीको नववर्षमा विशेष प्रगतीको कामनासहित शुभकामना व्यक्त गर्दै फाउण्डेशनलाई सम्मान पत्रले सम्मान गरे।यसैगरी न्युयोर्क सिटी काउन्सील ओमेन  जुली वांनले नववर्षको शुभकामना दिदै आफु सदा नेपाली समुदायको साथ र सहयोगमा लागीपर्ने बचनवद्दता प्रकट गरे। यसैगरी न्युयोर्क राज्यका नव निर्वाचित प्रदेशसभा सदस्य माननिय स्टेभेन रागाले शुभकामना व्यक्त गर्दै आफुले पछील्ला वर्षहरूमा फाउन्डेशनको गतिविधि नजिकवाट हेर्ने र सँगै काम गरेको र अत्यन्त सह्रानीय कार्य गरेकोमा उच्च प्रशंसा गरे।

करीव ३ घन्टा सांगितिक माहोलसहित संचालित सो कार्यक्रम फाउन्डेशनका अध्यक्ष  सोमनाथ घिमीरेले संचालन गरेका थिए। उक्त कार्यक्रममा वालकलाकारहरु नुयोङ राई, ओजा गुरुङ, श्रेया गौतम, स्वेरा कार्की, देचेन शेर्पा, एन्जेला साह र पेमा शेर्पा को नेपाली एंव मैथिली नृत्य उतकृष्ट रहेको थियो र यि नृत्य को कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक गोविन्द राई गरेका थिए भने हाँस्यकलाकार महादेव त्रीपाठी, १७औं पटक गिनिज वर्ल्ड रेकर्ड विजेता दिनेश सुनार पार्कर, नेपाली लोक एवं आधुनिक गायक गायिकाहरूले आफ्नो कला प्रस्तुत गर्दै नववर्षको माहोललाई रौनकता दिएका थिए। साथै फाउण्डेशनका अध्यक्ष घिमिरेले उपस्थित निर्वाचित पदाधिकारीहरुलाई सगरमाथा र लुम्विनीको परिचय दिलाउने फोटो फ्रेममा उनीहरुकै आफ्नै फोटो राखेर नॅंया वर्षको उपहार स्वरुप प्रदान गरेका थिए। 

प्रकाशित: ३ वैशाख २०८० ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App