२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

गीतकार बखुन्छेको रोशी लोकार्पण

सिर्जना अभियान समाजको आयोजनामा कवि तथा गीतकार हरिकृष्ण बखुन्छेको रोशी गीतसंग्रहको लोकार्पण भएको छ।

वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्य एवं सिर्जना अभियान समाजका अध्यक्ष ध्रुव मधिकर्मीको अध्यक्षतामा प्रमुख अतिथि थापाले कृतिको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि थापाले युवा गीतकार बखुन्छेले गीतमा प्रकृति र मानवीय भावना सुन्दर ढंगले प्रस्तुत गरेको बताए।

त्यस्तै गीतकार सुवासचन्द्र ढुंगेलले नयाँ गीतकारका रूपमा बखुन्छेंका गीतहरू भावपूर्ण रहेको बताए।

लोकापिर्त कृतिबारे बोल्दै गीतकार त्रिविक्रम पाण्डेले संग्रहमा गायक तथा संगीतकारहरूले रुचाउने विविध विषयका गीत रहेको बताए।

स्रष्टा बखुन्छेंले विद्यार्थीकालदेखि नै गीतमा आफ्नो रुचि भएको बताए।

सो कार्यक्रममा रोहित दाहाल, रमेश कोइराला, राममणि ढुंगेल, सन्तोष श्रेष्ठ, हरिहर पोखरेल, अल्वर्ट बज्राचार्य लगायतले शुभकामना दिएका थिए।

लक्ष्मी बखुन्छे प्रकाशक रहेको सो कृतिमा प्राकृतिक सौन्दर्य, मायाप्रेमको अनुभूति, भावुकता, विविध मानवीय सम्बन्ध, समसामयिक स्थिति, जीवनप्रतिको आवश्यक सकारात्मक सोच जस्ता विषयका ११२ गीत अटेका छन्।

साहित्यकार विनोदराज ढुंगेलले संचालन गरेको उक्त कार्यक्रममा रोशी अडियो गीत सार्वजनिक गरिएको थियो। रमेश कोइराला, राजबाबु श्रेष्ठ, अनिल कस्पाल, दिपक पौडेल, टेकबहादुर मल्ल, विनोद बराल, रोहित दाहाल, बामन न्यौपाने, केशव रूपाखेती जस्ता व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।  

प्रकाशित: २६ चैत्र २०७९ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App