२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

हिमखिम

लघुकथा

विवि याक्खा

रोशन अघिपछि बुद्धिमानको प्रशंसा र तारिफ गरेर थाक्दैनथे। बुद्धिमानको हरेक लेख र कृति पनि पढ्थे।

मन भएपछि जुराउँछ भनेझैं त्यो पनि जुरायो नै।

रोशन देखासिकीमा नै बुद्धिमानको संगतले साहित्यकार बने।

रोशनको नेतृत्वमा राष्ट्रिय स्तरको एउटा साहित्यक प्रतिष्ठान नै खोल्न धुमधामले एक समारोहको आयोजना भयो। गन्यामान्य हुँ भनौदादेखि सिकारु पनि त्यहाँ अटाएका थिए। विभिन्न  पत्रिका र अनलाइन मिडियाको बाक्लै भिड थियो।

यतिकैमा सबैलाई देख्दा चर्चित र सबैको मनमन्दिरमा बस्न सफल र कुशल साहित्यकार बुद्धिमान त्यहाँ कतै देखापरेनन्।

नेम लिस्टमा पनि उनको नाम कतै भेटिएन। एक उपस्थितले अचम्म मान्दै सोध्यो, ‘खोई त साहित्यकार बुद्धिमान?’

रोशनले अप्ठयारो मान्दै भन्यो, ‘उहाँसित त्यति हिमखिम छैन!’

केही उपस्थितले एकैसाथ भन्यो, ‘ए आखिर साहित्यमा पनि हिमखिम!’

प्रकाशित: ९ चैत्र २०७९ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App