वीरेन मालाकार ‘सहयात्री’
रहर होइन बाध्यता हो हजुर अपांग भएर जिउन,
किन हो समाजले बाध्य नै बनाउँछ मागेर जिउन।
अघि सरेर साथ दिंदैनन् बरु उल्टै उपहास गर्छन्,
सबैसँग सकिएन अन्यायको विरुद्ध लडेर जिउन।
परिश्रम गर्न चाहन्छु परिश्रम गरेर खाने बाटो देऊ,
किन स्थान दिंदैनौं पौरखमा अगाडि बढेर जिउन।
म पनि नागरिक हुँ तर किन यस्तो असमानता,
के पाप गरे र मैले पाइन इज्जतदार बनेर जिउन।
मानसिक अपांगता हो जस्ले घृणा गर्छन् मलाई,
अपांगहरूले नै सिकाउँछन् जिन्दगी मरेर जिउन।
प्रकाशित: ७ फाल्गुन २०७९ ०६:०८ आइतबार