१९ असार २०८१ बुधबार
image/svg+xml
कला

दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ

मुक्तक

दीपक समीप

१.मुक्तक

तिम्रो दिलको भरी गाग्री छल्काउन मन छ,

त्यो मन्को तुलोलाई यता ढल्काउन मन छ।

निभ्दै ननिभ्ने आगो लागेको छ, छातीभित्र,

यो आगोलाई पानी भित्र सल्काउन मन छ।

 २.मुक्तक

बाडुल्की लाग्छ कहिले यो मन खसखस हुन्छ,

सम्झेछौ कि बिर्स्यौ भन्ने छातीभित्र बहस हुन्छ।

एउटा कुरा सम्झिराख्नु बैंस होस कि बुढ्यौली,

दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ।

३.मुक्तक

तिम्रो तिर्खाको मूल बन्न पाए नि ठिकै हुन्थ्यो,

तिम्रो अनजान भूल बन्न पाए नि ठिकै हुन्थ्यो।

मलाई बाराम्बार मायाले, गोडमेल गर्छौ भने,

तिम्रो कौशीको फूल बन्न पाए नि ठिकै हुन्थ्यो।

 ४.मुक्तक

कि त्यो हृदयको एक कुनामा, मलाई अटाइदेऊ,

नत्र तिम्रो याद नआउने कुनै ओखती बताइदेऊ।

यस्तै हो भने म अहिल्यै पासो लगाउन चाहन्छु,

कृपया कसैसँग तुरुन्तै तिम्रो पछ्यौरी पठाइदेऊ।

५.मुक्तक

लिङ्ग, जातको छुराले जब भाग्य,बोली रेटियो,

यहाँ हिंड्दा विचार गर्नुपर्छ खुट्टा कहाँ टेकियो।

नारी भएर जन्मनु तिम्रो अभिशाप हुँदै होइन,

यहाँ मान्छेको सोचमा पो चेतना कम देखियो।

प्रकाशित: ६ फाल्गुन २०७९ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App