२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रज्ञामा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ। संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ। त्यस्तै सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्।

यसैगरी नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकुलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ। त्यस्तै सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरूणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्।

मन्त्रालयले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएकी छन् भने उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ। त्यस्तै सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्। कुलपतिहरूको शपथ बिहीबार बिहान हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App