अन्जना पौडेल ‘अनुश्रुति’
ओ प्रिय मान्छे
मेरा हरेक
ढुकढुकीमा छौ
रहरमा छौ
प्रार्थनामा छौ
कामनामा छौ
सपनामा छौ
कल्पनामा छौ
तिमीलाई छोएर आएको
सिरसिर हावाको झोक्काले
मेरो मुटुभित्रै स्पर्श गरेर जान्छ
भन न प्रिय मान्छे
के तिमीलाई पनि उस्तै आभास हुन्छ!
मभित्र धड्किने मुटमा खालि तिम्रै बास छ।
सायद
हाम्रो प्रेम एउटै छ
हाम्रो पीडा एउटै छ
मलाई घाउ लाग्दा तिमीलाई दुख्छ
तिमीलाई दुख्दा मलाई महसुस हुन्छ
मेरो प्राप्तिमा तिम्रो मन रमाउँछ
तिम्रो प्रगतिमा मेरो मन घमाउँछ
म खुसी हुँदा तिम्रो मन हाँस्छ!
म रुँदा तिम्रो मन किन रुन्छ!
राधा पियारी
कृष्णको मुरली धूनमा मिलेझैं
हाम्रो धून किन मिल्छ!
भन न मेरो प्रिय मान्छे
के प्यारमा यस्तैयस्तै हुन्छ!
प्रकाशित: ३ फाल्गुन २०७९ ०४:०४ बुधबार