२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय महिला कविता गोष्ठी

नेपाल मारवाडी नारी सृजन मञ्च (वाट्सप ग्रुप) को प्रथम स्थापना दिवस अनलाइनमार्फत अन्तर्राष्ट्रिय महिला कविता गोष्ठी गरी मनाइएको छ।

इन्दु तोदीले स्थापना गरेको मञ्चको कार्यक्रमको अध्यक्षता वीरगञ्ज मारवाडी महिला मञ्चकी भूतपूर्व अध्यक्ष तारा राखेचाले,संयोजकत्व नेपाल अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले र मञ्च सञ्चालन काठमाडौं रेडियो हिन्दुस्तानकी संस्थापक र सञ्चालक अञ्जू डोकानियाले गरेकी थिइन्।

उक्त कविता गोष्ठीमा काठमाडौंबाट लघुकथा समाज एवं नारी स्रष्टा समाज प्रदेश न.१ की अध्यक्ष ममता मृदुल प्रमुख अतिथि थिइन् भने विशिष्ट अतिथिहरूमा अस्ट्रेलियाबाट साहित्यकार एवं अनुवादक डा. मृदुल कृति, हैदरावादबाट ‘मेरी निहारिका’ पत्रिकाकी सम्पादक विजया डालमिया, छत्तीसगढ-रायपुरबाट समाजसेवी एवं लेखिका सुलोचना धनावत, बैंगलोरबाट ‘अभ्यूदय अन्तर्राष्ट्रिय मञ्च’ की अध्यक्ष डा.इन्दू झुनझुनवाला थिइन्।

कार्यक्रममा १९ कविले एकएक कविता वाचन गरेका थिए। धेरैजसो कविता नारी केन्द्रित थिए।

कार्यक्रममा अतिथिहरू, मञ्च सदस्य र देशविदेशका कविहरूले पनि कविता वाचन गरेका थिए। वीरगञ्जकी नुतन सरावगी, सुनीता राजगढिया, विराटनगरबाट मनिषा मारू,ज्योति कोठारी, हरिओनकी कविता अग्रवाल, काठमाडौंकी वर्षा राठी, सुचिता काफ्ले,उर्मिला पन्त,मञ्जू अग्रवाल, कोलोराड-अमेरिकाबाट गंगा अभिलाषी, भद्रपुर झापाबाट उषा गुरुङ रहेका थिए।

बैंगलोरकी इन्दू झुनझुनवालाले कविता र कार्यक्रमको समीक्षा गरेकी थिइन्।  

प्रकाशित: २५ माघ २०७९ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App