७ वैशाख २०८१ शुक्रबार
कला

बाँकेमा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन

बाँकेमा सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन गरिने भएको छ। थारु लेखक संघ नेपाल बाँके र थारू गोचाली समाज नेपाल राप्ती सोनारीको आयोजनामा यही माघ २० गतेदेखि २२ गतेसम्म राप्ती सोनारी गाउँपालिका-६ सिधनवामा सम्मेलन गर्न लागिएको हो।

नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनको तयारी तीव्र पारिएको बताए सम्मेलनमा थारू भाषा, साहित्य, कला, संस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने उनले जानकारी दिए।

‘सम्मेलनमा आएका पाहुनालाई राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानी बाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ,’ थारू गोचाली समाजका महासचिव कालुराम समर्पणले भने।

पहिलो राष्ट्रिय थारू साहित्य सम्मेलन दाङमा भएको थियो। दोस्रो सम्मेलन कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँगाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो।

प्रकाशित: १५ माघ २०७९ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App