प्रकाश जैशी
हराएको रात खोज्न थालेको छु
जिन्दगीको अन्धकारलाई रोज्न थालेको छु
समयले मलाई छल गर्यो
मलाई ठग्यो
मलाई लुट्यो
म निराश भइन
म बैरागिन
म हतोत्साहित भइन
हारेको पानामा जित देखे
बैरागीपनमा संसारको दिव्य ज्योति देखे
रिसको ज्वालामा पनि प्रेमभाव देखे
उसले रिसमा मलाई भुल्न खोजी
मैले उसको रिसलाई प्रेमको अँगालोमा सम्हालेर राखे
ऊ बैंसको मातमा मातिएकी थिई
उसको बैंसमा धेरै जना झुम्म परेका थिए
त्यसैले त उसलाई लाग्थ्यो स्वर्गकी अप्सरा मै हुँ
जसरी देवताहरू मदिराको सेवनमा
अप्सराको यौवनमा झुमेका थिए
उसले आफूलाई कलियुगकी अप्सरा देखी
अरूलाई स्वर्गका देवता देखी
उसलाई आफ्नो यौवन शोषणको पत्तै भएन
उसलाई आफ्नो बैंसको रूपमा झुमेका हुन भन्ने थाहा भएन
उमेरले उसलाई बर्बाद गरायो
उसको शरीरलाई पैसाले किन्यो
कहिले उसको शरीरमा कालो दाग हुन्थे
कहिले नीला छापहरू हुन्थे
आफ्नाकहाँ जाऊँ आफन्तले भुलिसकेका छन्
बावा-आमाकहाँ जाऊ
बेचिरहेको शरीर लिएर कसरी जाऊ
दाइभाइले बहिनीको दाहसंस्कार गरिसकेछन्
समाजमा जाऊँ समाजले वेश्याको उपनाम दिसकेको थियो
उसले एकटक भएर सोची
हिजो मेरो शरीरसँग झुम्ने बेला
म वेश्या भएन
मेरो शरीरलाई
आफ्नो यौवनको तृष्णा मेटाउन प्रयोग गर्दा
म वेश्या भइन
त्यो अँध्यारो रातमा मेरो शरीर छुँदा
म वेश्या भइन
उज्यालोमा मेरो शरीर छुन झिन्न लाग्यो
मेरो शरीर आज वेश्या भयो
यो समाजले बनाएको वेश्या थिएँ म।
प्रकाशित: १४ माघ २०७९ ०५:४९ शनिबार