१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अर्काे ‘सिंघम’मा श्रुति

मुम्बइ-दक्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् ।

उनी त दक्षिण भारतीय फिल्म उद्योगको फिल्म ‘सिंघम’को सिक्वेल ‘सिंघम–३’ मा देखा पर्न लागेकी हुन् । बलिउडको ‘सिंघम’ दक्षिण भारतीय ‘सिंघम’कै रिमेक हो ।
‘सिंघम–३’ मा श्रुति पत्रकारको भूमिकामा देखा पर्नेछिन् । फिल्मको मुख्य भूमिका दक्षिण भारतीय अभिनेता सुर्याले निर्वाह गर्नेछन् ।

 

प्रकाशित: ३० असार २०७३ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App