२४ असार २०८१ सोमबार
image/svg+xml
कला

आर्यन सिग्देल भन्छन्: डिसेम्बर फल्स दर्शकले मलाई देख्न चाहेको फिल्म हो

चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ। 

कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे। उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे।

सञ्चारकर्मीहरुले जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्नसमेत गरेका थिए। जसमा उनले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे। फिल्ममा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको दाबी गरे।  ।

प्रकाशित: १ पुस २०७९ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App